– उदय जीएम

यस्तै हो जिन्दगी
सिसिफसको कथाजस्तै
अलिकति बनायो
फेरि खसिदिन्छ कृष्णभीर

एक सर्को पुछेर आँसु
संगालेर आँखाभरि सपना
अलिकति यताबाट
उताबाट अलिकित
तुन्यो अनि बुन्यो

जिन्दगीका सुन्दर-सुन्दर सपनाहरु
तर खसिदिन्छ फेरि कृष्णभीर

अघि हेर् यो-
गन्तव्यतिरको दिशा ताक्दै
रोकिएका यात्रुहरुको लस्कर
पछि हेर् यो-
गन्तव्यका लागि हतारिएका
मानिसहरुको लस्कर
अथवा भनौं
सपनाहरुको लस्कर
अथवा भनौं
जपनाहरुको लस्कर
तर यस्तै हो साथी ुवर्षात्ुमा
फेरि खसिदिन्छ कृष्णभीर ।

योजनाहरु सपनाजस्तैसपनाहरु योजनाजस्तै
तुने पनि भत्किन्छन्
भत्किन्छन् बुने पिन
उने पनि फुकिन्छन्
यस्तै हो साथी ुवर्षात्ुमा
जिन्दगीको कृष्णभीर ।

२०५९ माघ २९
*मौसमका हरफहरु कविता संग्रहबाट

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *