नयाँ बर्ष भन्नुनै हार्दिकता र खुशीको पर्व । नयाँ बर्षको प्रसङ्गलाई निकाल्दा आफ्नो नातेदार इष्टमित्र प्रेमी प्रेमीका वीच एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन चल्दै आएको छ । मानिसहरु समयलाई घडि पला दिन रात हप्ता महिना र वर्षमा आफ्नो तिथीमितिका साथ विश्वमा आफ्नो धर्म संस्कृति र रीतिरिवाज भव्यताका साथ मनाउने गरेको कुरा कुनै नौलो नै हैन ।
इतिहासको पाना खोज्दै जाने हो भने रोमको पात्रो अनुसार तीनसय चार दिनको एक वर्ष मानिन्थ्यो । एक वर्ष भित्र दश महिना थिए । इतिहास अनुसार बर्ष विभाजन गर्ने श्रेय ई।पू २५० का ुसुमेरियनु जातिलाई जान्छ किनकी यिनै जातिले ६० मिनेटको एक घण्टा र ६० सेकेण्डको एक मिनेट तोकेर समय निर्धारण गरेका थिए ।
तर ईटालीका ुपोप ग्रेगरीु १३ औं १५०२-१५८५ ले १५८२ मा ुजुलियस पात्रोु लाई सुधारेर ुग्रेगरियन पात्रोुलाई जन्म दिए । यो भन्दा अगाडि जुलियस पात्रोलाई मान्दै आएका थिए । ुजुलियसु रोमका एक सफल राजनितिज्ञ भएकोले रोम गनगणतन्त्रलाई रोम साम्राज्यमा रुपान्तरित गर्न सफल पनि भएका थिए ।
वैज्ञानिकहरुको भनाईमा आधारित हुने हो भने पृथ्वी आफ्नो कक्षवाट सूर्यलाई एक चक्कर लगाइसक्दा एक वर्ष पुरा भएको मानिन्छ । सुरु सुरुमा निश्चित दिन र महिना तोकेर एक वर्ष निर्धारण गरिएको भने थिएन । आ-आफ्नो चलन र मान्यता अनुसार भिन्दा भिन्दै देशका भिन्न्ाा भिन्नै जातिहरुले आफ्नो ईतिहासको आधारलाई मान्यता िदंदै दिन महिना र बर्षहरुलाई प्रचलनमा ल्याए ।
यसै सन्दर्भमा किराँत येले सम्बत ५०७० पनि नेपालका समस्त किराँतीहरुले मान्दै आएको संव् त हो । यो विक्रम संम्वतको माघ महिनाको एक गतेका दिन मनाईन्छ । उक्त दिन किराँती राजा यलम्वरले गोपालवंशका राजा भूवनिसंहलाई पराजित गरेका थिए । सो विजयको दिनलाई नै किराँत नयाँ वर्ष सुरु भएको घोषणा राजा यलम्वर स्वयंले गरेको विज्ञहरुको तर्क छ । किराँती वंशावली वा किपट अनुसार जम्मा बत्तीस किराँती राजाहरुले राज्य संचालन गरेका थिए । क्रोनिक वंशावली अनुसार बि।सी। नौसय देखि तीन सय ए।डि। सम्म किराँती राजाहरुले पूर्व प्राचीन नेपालमा शासन गरेको देखिन्छ । दक्ष तथा युद्धकौशल वहादुर किराँती राजा यलम्वरले महाभारतको कुरुक्षेत्रमा पनि लडेका थिए । यलम्वरलाई किराँती जनताहरुले महादेवको अवतारको रुपमा मान्नुको साथै आकाश भैरबको नाउँले चिन्ने गर्दथे । इतिहासविद डा। सुनीतकुमार चट्टर्जीको भनाई अनुसार किराँतहरुको शासन नै नेपाली संस्कृतिको उत्पत्तिकाल हो भनेर दसा्रएका छन् । त्यहि किराँतकाललाई नै स्वर्णिम यूग अर्थात नेपालको प्राचीन सभ्यताको युग मानिन्छ । तसर्थ आजको यो परिपेक्ष्यमा किराँतमुलधारका केहि लेखकहरुले किराँतका प्रथम राजा येलम्वरलाई मेरो मात्र जातको राजा थिए भन्ने जस्ता कुराहरु लेख्नु त्यति उचित नहोला ।
किराँत येले सम्वत ५०७० संग प्रचलित अन्य सम्वतहरुको वर्षन्तरलाई औल्याउँदा वुद्ध जयन्ती २५७२ विक्रम सम्वत २०६६ ईस्वी सम्वत २०१० नेपाल सम्वत ११३० देखिन आएको छ । जसमध्ये नेःवाः अर्थात नेपाल सम्वत ११३० लाई नेपाल सरकारले वैधानिकता दिइसक्दा पनि ५०७० वर्ष पुरानो येले सम्वतलाई आजको सरकारले राष्टिय सम्वतको रुपमा मान्यता दिनु अत्यन्तै जरुरी देखिन्छ । किराँत मुन्धुम लोक साहित्य पौराणिक इतिहास कथा किम्वदन्ती इत्यादिहरुलाई हेर्दा माघ १ गते किराँतहरुले मनाउँदै आएको महानचाड शुक्लपाचमी भनेर प्रमाणित गर्दछ । यद्यपि यो दिनलाई नेपालका प्रायः विभिन्न जातजातिहरुले मनाउँदै आएको पाइन्छ । विभिन्न शास्त्रहरुमा किराँतीहरुको उत्पत्तिको खोजि गर्ने परम्परा भइरहेको अनुसन्धानकर्ताहरुले वताइरहेका छन् । हालसम्म प्राप्त इतिहासमा गोपालवंश महिषापालवंश किराँत लिच्छिवी मल्ल र शाहवंशको क्रमिक शासनकालहरुलाई तुलना गर्दा येले सम्वत केहि अघिको नै हो भन्न युक्तिसंगत ठहरिन्छ ।
आज आएर किराँत येले सम्वत नेपाल मात्र नभएर वेलायत हङ्गहङ्ग दार्जिलिङ्ग सिक्किम लगायत संसारको विभिन्न देशहरुमा वसोवास गरेका किराँतीहरुले नयाँ सम्वतको रुपमा मनाउन थालेका छन् ।
बि।सं। २०६३ सालमा संविधान सभाबाट सर्वस्वीकृत पारित गरी येले सम्बतलाई राष्ट्रिय सम्वतको रुपमा मान्यता दिएपनि नेपाल सरकारले बैधानिकता भने दिइसकेको छैन । हाम्रो देश नेपाल बहुभाषिय बहुधार्मिक बहुसांस्कृतिकले समेटिएको राष्ट्रका जनजातिहरुलाई हाफ्नो मौलिकता तथा हकहितको दायरा भित्रका आवाजहरुलाई मान्यता दिनु आजको सरकारको आवश्यकता मात्र नभई दायित्व बोधपनि सम्झिनु पर्ने देखिन्छ ।
किराँत येले सम्वतलाई किराँत मुलका लिम्वु सुनुवार राई याक्खा लगायत अन्य किराँतीहरुले यलम्वर सम्वतलाई आ-आपुनो भाषामा जेजस्तो नामाकरण गरेर मनाउँदै आएतापनि आउँदा वर्षहरुमा माघे संक्रान्तीको दिनलाई किराँतीहरुको नयाँ वर्षको शुरुवात भएको मान्नुपर्ने हुन्छ । वर्तमान परिपेक्षमा अरुको धर्म संस्कति र रीतिरिवाजलाई अनुशरण गर्नु भन्दा पनि आपुनै भाषा र संस्कृतिलाई जगेर्णा गर्नु उपयूक्त देखिन्छ ।
तस्वीर ः गणेश राई येले सम्वतलाई वैधानिक रुपमा राष्टिय मान्यता प्रदान गर्नको निमित्त स्थापना गरिएको प्रतिनिधि मण्डलका सदस्यहरुको सामुहिक तस्वीर ।
किराँत येले सम्वतका संयोजक तिल विक्रम नेम्वाङ्ग वैरागी काईला लगायत अन्य किराँत वंश अन्तर्गतका याख्खा सुनुवार लिम्वु राई जातिका जातीय संस्थावाट प्र।म।मा।sु। नेपाललाई संयुक्त रुपमा प्रस्तुत गरिएको ज्ञापन पत्रको छायाँप्रति ।