– नारायण चन्द ठाकुर

तिम्रो याद आउछ,

हिम श्रृखला माझबाट जब सूर्य मूस्कुराउछ
लेकका गुरास र डाफे जुर्मुराउछ
हिम बतासले सूस्केरा हाल्दै जब
छहराको भाषासंगै गुनगुनाउछ
प्रिये मलाई तिम्रो याद आउछ

मैले देखेको छु,

हो, मैले देखेको छु
हलो र कोदालोको परिश्रमसंगै पसिना पुच्दै
सूसेलीमा रमाउने मान्छे देखेको छु अनि
नोटको तकियामा टाउको राखेर निन्द्रामा
छटपटाउने अतृप्त मान्छे पनि देखेको छु
हो, मैले देखेको छु
विहानीको झिसमिसे संगसंगै
देव देवताका मूर्तिमा फूल अछेता छर्केर आफ्नो र आफन्तको
भलोको कामना गर्ने मान्छे देखेको छु अनि
त्यही झिसमिसेसंगै आशिर्वाद माग्न एउटा मान्छे
अर्को मान्छेको चाकरीमा ढोका कुरेको पनि देखेको छु
हो, मैले देखेको छु
फोश्रा शव्दहरुको जालो बुनेर भाषण गर्दै
देश बनाउन निस्केको मान्छे देखेको छु अनि
भोलीको मिठो सपना बोकेर बेलाबेलामा थप्पडी बजाउदै
कल्पनामै रमाउने मान्छे पनि देखेको छु
हो, मैले देखेको छु

झरेको एक फूल,

नटिप हेर कसैले मलाई
म त ओइलाइ झरेको एक फूल हुँ
मेरो कर्म यस्तै छ मर्म नलेउ
सृजनाको एक महाभूल हुँ

कुनै फूलमा बासना पाउछौ भने
नसम्झ मलाई म त्यस्तै छु
मेरो त गन्ध आउछ दुसित बनाउला
अभागी हुँ म यस्तै छु

पवित्र मंदिरमा सिंगारिउन्ला
त्यो अब मलाई आश छैन
सडी गली झरीसके
मुठिभरी पनि श्वास छैन

माया र ममता चाहिन्न अब
पृथ्विकै काखमा पडिरहन देउ
कसैले खुट्टाले कुल्चे पिन
हट नभन उसलाई कुल्चन देउ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *