– सचित राई

सहिदगेटदेखि परतिर
सालिकजस्तै भएर
ठिंग उभिएको छ – धरहरा
– त्यहीँबाट
– एक सय चार वर्षपछि
– जंगबहादुरले हामफाले
तिमीले कसो र हामफाल्न सकेनौ
तेस्रो आयामले पनि धरहरा चढ्यो
इन्द्रबहादुर वैरागी र ईश्वरबल्लभले चढे ।

– अन्ततः प्रायःले चढे
– दिनहुँजसो चढे
अखबारका पन्ना सजाएर चढे
रिपोर्टरहरुका लागि फिचर बनेर चढे
कतैकतै हार्डन्युज भएर चढे होलान्
– म सम्झँदैछु
– मैले कसोर चढिनँ
– अब चढूँ भन्दैछु
पारुहाङ भएर चढ्ने मन छ
यलम्बर भएर चढ्ने मन छ
सुम्निमा मन लिएर चढ्ने मन छ ।

धरहरालाई धेरैले टेके
टेक्नेजतिले अनुभव सँगाले
– धरहरा अग्लिएन
– हेर्दा होचिएन पिन
उस्तै गरी ठडिएको छ
सोच्दैछु
मैले टेक्दा भाँसिएला भन्ने डर लागिरहेको छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *