– श्याम रोक्का

(१)
यादले रून्छु प्रियसीकै,कुटुकुटु मन खाइरहन्छ
प्यासी मेरा नयनहरू,तिम्रै खॊजीमा धाइरहन्छ ।।

खै कहिले भेट हॊला,भाछन् चाहनाहरू अतृप्त
मुसार्दा तिम्रा चित्र,हृदयमा सितल छाइरहन्छ ।।

तिमि धेरै टाढा हुँदा ,गहभरी अश्रुधारा पनि
बिरहले भक्कानिएँ ,बिछॊडकै संका पाइरन्छ ।।

धेरैसंगै साट्न खॊजेँ,मेरा मनका तितॊसत्य
मायालु साथी छैनन्,तिम्रै याद आइरहन्छ ।।

रिसाइ सधैँभरी तिम्ले,श्यामबर्ण मुहार पार्दा
यॊ ज्यानले तिमिसंगै ,अमरप्रीती लाइरहन्छ ।।

(२)
नेपाली डीग्री बिदेशमा, खै कहाँ काम रहेछ ?
सबैका चिनारी एकै,मजदुर नै नाम रहेछ ।।
ऋण खेपी आइयॊ,रॊगीपागल र अपांग हेर्न
सुत्नैपर्ने कुर्शीमा ,खाना ब्रेड र जाम रहेछ ।।
फिँजीय हल्ला सधैँ,नयाँ भिसा खुले यहाँ
नखुल्दै भिड तेहाँ, आबेदकहरूकै लामरहेछ ।।
दुधेबालक छाडीकन, दुइदम्पति अलगठाँउमा
घरपरीवार छाड्यौँ तेहाँ,अपरीहार्य दामरहेछ ।।

आँशु पीउँदै बाच्नुपर्दा,अनुहारमा श्यामपॊतॊ
मध्यान्नमा खटेउँ,दॊषी प्रबाशकै घामरहेछ ।।

(३)
कहिलेकाँहि बुढेसकालमा ,बैँशले हड्डी चिलाउदाँखेरी
अचम्मकै मज्जा आहा, तरूनिसंग नेत्र मिलाउँदाखेरी ।।

मन्दमुस्कान छर्दै तेहाँ, छेउमै आइन् एउटी सुन्दरी
जवानी नै फर्के क्यारे ,तिन्ले नै रक्सी पिलाउँदाखेरी ।।
अर्धनग्न अनि मादहॊस भइ ,कॊहि काखमा बस्दा
अलौकीक आनन्द छ, मनका ब्यथा बिलाउँदाखेरी ।।
श्यामपट्ट मध्यरातमा, महिलापुरूष लड्दै भिड्दा
च्यातिदाँ अंगहरू ,गाह्रॊभॊ मायाले सिलाउदाँखेरी ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *