– शशी थापा सुब्बा



बिहानीलाई सबैले भन्छन बैशालुको तन
साझको पनि त लाली हुन्छ नशालु त्यो झन्


भेट्नु मात्र मिलन होइन माया बोकी छुट्टीहेर
कहिले कहिँ घामसंगै क्षितिज पारि डुबीहेर
रातको अध्यारोमा कति
शान्त हुन्छ मन
साझको पनि त लाली हुन्छ
नशालु त्यो झन्


हास्नुमात्र जीवन होइन आखाबाट झरिहेर
जूनसंगै झरी- बादल कुहिरोभित्र परिहेर
अनि थाहा हुन्छ माया
कति ठूलो धन
साझको पनि त लाली हुन्छ
नशालु त्यो झन्

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *