मनु लोहोरुङ

माघ महिनाको ठिहीमा
भावना रोप्ने फोक्टामा
सृजनाका फूलहरुको
सिजन चलिरहँदा
सिरेटोले स्याप्प सेक्छ,
कहीं तुषारापातले
अन्तरघात हुन्छ/

त्यही नीर पाखाबारीमा
साँढेहरु डुक्रीन्छंन,,,
नदाइएका बहरहरुतिर फर्केर
स्वाँको आवाज निकाल्छन/
लक्का उमेरमा आफ्नो
तीखो सिंग र जुरोको
घमण्ड छ तीनलाई,,,,
जर्रीएको बाँझो फोर्ने
गोरुको हुलमा बिस्तारै
आफ्नो काँध मिलाउन
खोज्छन,,,,,,,बिचरा !

म चुपचाप नियाल्दैछु/
उता कान्तिपुरमा
एकहुल कुकुरहरु
सिंहदरबार वरीपरी
हड्डीमा झुम्मिदैछन,
कहिँ कतै कन्टेनरमै
ढुकेर बस्दैछन,,,,
दुर्गन्ध र सुगन्धमा
फरक छुट्याउने
इन्द्रियामा जन्मजात
विकृति हुदा हुन् /
त्यसैले त उता भुक्छन,
यता डुक्रिन्छंन ,,,,,
उता टुक्रिन्छन,,,,
कतै आरिसको तापले
कतै घमण्डको बाफले
आफै भित्र पोलिन्छन/

एकातिर बसन्तपुरमा
निर्धा परेवाहरु छन्,
कुनै भोकले सताइएकाछन्
कुनै रोगले सताइकाछन्,
ढुंगेधारामा पानी सुक्दा
तिर्खाले छटपटिएकाछन्/
बर्षौ देखि घामको राप नपाउँदा
कत्ति आफ्नै हुलभित्र
मरेकाछ्न्, मारिएकाछन्/

यस्तै जन्मजात बिकृति भएका
साँढे र कुकुरहरुले
गाँउ, शहर, पाटी, देवल
दुषित भई रहेको छ/
केवल रुप र आकार फरक
आखिर पशु त पशु हुने,
परेवाहरु निर्दोष नै हुन्छन,
स्वच्छ वातावरण पाए,
अन्नको अनुहार देख्न पाए,
अनि,
गुम्बामा न्यानो पाए,
अकालको शीकार हुँदैनथे,
तिनीहरु आखीर पंछी हुन्,
आफ्नै आकाशमा रमाउथे//

२९ माघ २०६६
शुक्रबार

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *