तिमी म हुन सक्दैनौ
म तिमी हुन चाहन्न
‘नसक्नु’ र ‘नचाहनु’ को भिन्नता
तिमी बुझ्न सक्दैनौ,
नित्तान्त नौलो ग्रहको
खोजिमा निस्केको म ..
मृतसागरको नुनिलो तैलिय पिंध देखि
सगरमाथाको शालिन सागर्बिक उँचो माथ सम्म
धर्तिको छाती छाती टेकेर नथाक्ने मेरा गोडाहरु\
म खुट्टा हुंदाहुंदैको अपाङ्ग होइन,
म तिमी होइन …
तिमी आफुलाई बुझ्दैनौ
म जीवन पढ्न खोज्छु
बँचाइ – ‘अब्स्ट्र्याक्ट आर्ट’..
छाम्नुपर्छ,हेर्नुपर्छ ,सामिप्यमा जिन्दगी ..
तिमी ‘आर्ट’ देख्दैनौ
म ‘थ्री डाइमेन्सनल आर्ट’ छर्लङ्गै देख्छु
पाभ्लोभ देखि ‘तिमी’ सम्म,
हिजो देखी भोली सम्म
म आँखा हुंदाहुंदैको अन्धो होइन,
म तिमी होइन ….
तिमी आज सोच्छौ
म ‘युग’ कल्पिन्छु
दुरदर्शिता को ‘गतिशिलता’
जीवनका रङ्गीन अवयव …
आकाश निलो छ ,,निलै त छ !!
त्यहा म थप रङ्गीन संसार देख्छु
तिनै रङ्ग बटुलेर ..
म हिंडेको छु ब्र्हमाण्ड रङ्ग्याउन
अनन्त देखी अनन्त सम्म\
समदर्शिताको रङ्गीन् परीकल्पनामा
ब्रम्हपुत्र उकालो बगेजस्तै …
म पखेटा बिनैपनि कावा खान्छु
अनन्त आकाशको क्षितिजसम्म,
उदाउंदो तेजोमय भानू देखि
अस्ताउंदो रक्तिम परीबैजनीय किरणसम्म
अनी,, प्रचण्ड धूपमा पनि म पग्लिने छैन,
म ठिहिमा जमेको बरफ होइन
म तिमी होइन…
म हुँ आयामको पनि आयाम,
म हुँ प्रयोगको पनि प्रयोग,
म हुँ नवआयाम ..
नित्तान्त नवोदित “सम्भावना” ।।।
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र