लण्डन १५ मार्च, अन्तराष्ट्रिय नेपाली साहित्य समाज तथा नेपाली साहित्य बिकाश परिषद बेलायतको तत्वाधानमा एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्याे । प्रमुख अतिथिको रुपमा अनेसास का सस्थापक अध्यक्ष श्री होमनाथ सुवेदी रहनु भएको थियो भने सभाका सभापतित्वमा नेपाली साहित्य बिकाष परिषद बेलायतका अध्यक्ष श्री हरीिसंह थापा सहनु भएको थियो ।

कार्यक्रम दिनको ठीक साँढे एक बजे अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष कवि तथा सहाहित्यकार गोपीकृष्ण प्रसाईले बडो रोचक तथा उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नु भएको थियो । स्वागत भाषण बीरेन्द्र कुंवरले बोल्नु भएको थियो ।
कार्यक्रमको प्रारम्भमा बेलायतबासी साहित्य प्रेमीहरुलाई सम्बोधन गर्दै सुबेदीलॆ आजको लेखका धारनै भोली गएर आधार बन्ने तथा आत्मसन्तोष नै सबैभन्दन ठूलो पुरस्कार हो भन्ने कुरामा उहाले जोड दिनुभयो । अन्तराष्ट्रिय साहित्य सम्मेलन गर्ने पालो पनि बेलायत बासीको पालो आयो भन्दै साहित्य कर्मिहरुले अनेसास पुस्तक पुरस्कार र डायस्पोराका पुरस्कारमा भाग लिनु पर्ने कुरा पनि उल्लेख गर्नु भयो ।
यसै गरी साहित्यकार होम परिबागले आजको साहित्यकारहरु विश्व साहित्यको हाराहारीमा कसरी पुग्ने भन्ने बारेमा प्रकाश पार्नु भयो भने अनलाइन लिटिचस्र डटकमका सम्पादक केदार सङ्केत नेपाली सन्देशका सह-सम्पादक गोविन्द बेलबासे र नेपाली साहित्य बिकाश परिषदका अध्यक्ष हरीिसंह थापाले आ-आफ्ना अपधारणा बेक्त गर्नुका साथै टिका टिप्पनि पनि गर्नु भएको थियो ।
कार्यक्रमको उत्तरार्धमा प्रस्तोता कबि गोपीकृष्ण प्रसाईले कार्यक्रमा उपस्थित सबै कबि तथा कवयित्रीहरुलाई आलो पालो कबिता तथा गजलका सौंगातहरु बाचन गर्ने एउटा छुट्टै माहोलको सृर्जना गर्दै कार्यत्रममा थप साहित्यिक रङ्ग भरेका थिए । कबिता बाचन क्रममाः हरीिशंह थापा होम परिबाघ गोपीकृष्ण प्रसाई प्रेरणा थापा केदार सङ्केत बशन्त थापा बिषेश गुरागाई जया राई उषा शाह बसन्त्ा क्षेत्री कोषनाथ सत्यालले आआफ्ना कबिताहरु बाचन गरेका थिए । उक्त कार्यक्रममा कबि तथा गीतकार कोमल प्रकाश मल्लले प्रुेममा सजित शुभकामना कबिता पाठ गर्दै उक्त प्रुेमनै नेपाली साहित्य विकाश परिषद बेलायतको तर्फबाट श्री होमनाथ सुबेदीलाई संझनास्वरुप चढाउनु भएको थियो ।
उपस्थितीमा निला अधिकारी नन्दा सुबेदी लगायत थुप्रै सहाहित्य स्रष्टाहरुको उपस्थिती थियो । कार्यक्रको बिसर्जन सभाका सभापति हरीिसंह थापाले गर्नु भएको थियो ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *