– भरत के सुनुवार
झुटो प्यारले जाली बनायौ
मुटु रोप्ने फाली बनायौ
बसन्त रोपे तिम्रो आगमन सँगइ
फुल बिनाको डाली बनायौ
उजाड यौ शिशिरको तुशारो छरी
फुलबिनाको माली बनायौ
सजाए तिमी सँगइ सपनाहरु
मनको दरबार खाली बनायौ
देब ता सम्झी पुजे तिम्रो माया
मन्दिर बिनाको थालि बनायौ
भात्किएे सपना टुक्रिये रहरहरु
सबै सामु हासोको ताली बनायौ
Please follow and like us: