– राजेन्द्र शर्मा
सम्भव असम्भव त समयले भन्छ
अनिश्चित भविष्यको बाचा बाँध्दिन
हार्नुमा नै जीत सम्झन्छु म
उपहासको पात्र बन्दिन ।।
अनिश्चित भविष्यको बाचा बाँध्दिन
हार्नुमा नै जीत सम्झन्छु म
उपहासको पात्र बन्दिन ।।
कति बाटाहरु पार गरेँ कति घुम्ती म मोडिएँ
सम्हालिँदा सम्हालिँदै म कति पछारिएँ
वेवारिस सडक बीचमा म सँधै छाडिएँ
तिम्रो धोकापूर्ण बाचाको म फेरि शिकार भएँ ।।
सँगम खोज्नु किनाराको मेरो मुर्खता थियो
विश्वास गर्नु अञ्जानको मेरो दुर्वलता थियो
जून चाहेर औसी पाँए हुनु नै यस्तै थियो
निर्लज्जताले हाँसी दियौ आखिर तिम्रो खेल थियो ।।
सम्भव असम्भव त समयले भन्छ
अनिश्चित भविष्यको बाचा बाँध्दिन
हार्नुमा नै जीत सम्झन्छु म
उपहासको पात्र बन्दिन ।।
Please follow and like us: