मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि
ढुक्क भा’को होला अहिले,फाटेको मन टालेपछि
नफाल्नुथ्यो राखेपछि , फाले पछि यस्तै हुन्छ
मागी मागी पराइ मन, टालेपछि यस्तै हुन्छ
ठेस लाग्ने उही पाईला, अन्तै तिर चालेपछि
ढुक्क भा’को होला अहिले, फाटेको मन टालेपछि
आफ्नै मनले धोका दिई, भोलि फेरि ढाँट्यो भने
त्यही टालो काम लाग्ला, अर्को तिर फाट्यो भने
झलमल्लै होला मुहार, लाख बत्ती बालेपछि
मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar