वास भयो प्रवासमा तिमी विना लोलाएछु
मातृगन्ध देश छुट्दा त्यसै–त्यसै टोलाएछु ।।
शारदीय मेरो देशमा होलान् जून झलमल
छामी तृष्णा मेट्न ‘शशी’ तिम्लाई बोलाएछु ।।
नजिक हुँदा थियौ प्रिय, टाढा हुँदा मृगतृष्णा
स्वदेशको स्मृतिलाई नशा–नशा घोलाएछु ।।
खबर बोकी पठाऊ जूनलाई शुभ सन्देश
के भो होला जन्मभूमि पल–पल बौलाएछु ।।
विताएँ शैशवकाल जहाँ शाश्वत वैँस मेरो
किन छोडेँ मातृभूमि गम्दै म ओइलाएछु ।।
-रविको फेसबुकबाट साभार
Please follow and like us: