– रीता राई
अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने

उदार मैन बती झै पग्लिएर त हेर
पवित्र आत्माको सिखर भएर

हिमाल झै सधै अग्लिएर त हेर ।
जीवन बचाउन मात्र जिउनेहरु हो
अनर्थ स्वार्थी मायाको नाश पिऊनेहरु हो

कोमल हृदयमा धोका रुपी बाण सिऊनेहरु हो
मायालाई रमाइलो खेल सम्झी खेल्नेहरु हो

कति सुन्दर र परिवर्तनशिल छ संसार
बतास झै जहाँ सुकै घुमेर सबैलाई त हेर
कति सहज र सरल हुने छ जीवन हेर
गुलफ झै काँडाहरुको बीच फुलेर त हेर

आफैले जन्माएर आफ्नै शरीर खुवाऊने
वत्सल्याकी धनी माकुरी झै भएर त हेर
अमृत झै चोखो माया लगाएर त हेर
एक बारको यो जीवन निस्वार्थ जिएर त हेर ।।

हाल: इस्राएल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *