– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’
खुइया !!!
अर्बुद समय?
कलम एक केमोथेरापी।
निश्प्राण शब्द:
चयन बिचलनमा,
गजेन्द्र डाइनोसर
विद्रुप पादसंगै,
दिशा-दृश्य शुन्य झैं।

अर्बुद समय??
कर्कट-कर्कश जीवनमा
पूर्णबिराम सिएर:
अर्धबिरामको ‘कोमा’मा
‘कमा’ लागेको मान्छे,
अक्षरहरूको क्षयीकरण गर्छन्,
अस्तित्वको केमोथेरापी
शल्यक्रिया।।

जुलाई २३, सन् २०१०
रामप्रसाद प्रसाईं “आशुतोष आंशु”
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *