सोफिया
तिमी स्मृतिमा आयौ
मैले पानाहरु पल्टाएर खोजे सम्झनाका
मृगतृष्णा जागेर आयो तिर्सनाको
अंगालोमा बेरिएको त्यो सुन्दर सपना
पल पल बुनेको काल्पनिक माया जाल
म निधाउने बाहानामा तिमी बोकेर
सर्बांग सुम्पी दिन्छु एक पल
झारेर मोतिका दानाहरु
सहिछाप गरेर शिरानिमा
तिम्रो सम्झनाको
सोफिया
कती मिठो सपना तिमिआयौ
सरक्क पर्दा उघारेर मनको
निस्वाश सिंचित गर्दै जवानीको
दौडाउदै कारकोमल थकान
मेटाउदै,र जगाउदै स्फूर्ति समागमको
मलाइ सुम्पिएर फुकाउदै बन्देजहरु
शरीरका साथी बनेकी थियौ
रति गृहकी
अनि उषा आउदा लाजले
रातो हुदै छोपेर श-शरीर
अदृस्य भएका थियौ
सविताको आगमन पुर्बै
सलाम ठोकेर रजनिलाई
जादा जादै तिमीले सुटुक्कै भनेकिथियौ
सन्ध्या लिएर आउछु भनेर
सोफिया तिमी किन म मा मायाको खेति लगाउछौ
म खडेरीले जर्जर भएको बुढो पहाड
स्नेहको मलजल निस्काम हुन सक्छ
ममताको बाँधमा कोशी पस्न सक्छ,
तिम्रो लगानी बालुवामा पानी हुन के बेर
सोच्दै हौली स्नेहको मलजलले
बसन्त फर्काउछु भनेर
रमाउदै हौली आत्म रतिमा
सोफिया हररात तिमी आउछौ
फकाउदै धम्कयाउछौ पनि
इज्लास बनाउ विर्य र डिम्बको
अनि फैसला गरौ भबिष्यको भन्दै
सहि छाप गर्न बिबश पार्छौ
तिम्रो लाल पुर्जामा,
सोफिया
अब तिमी नआउ
म आफ्नो माटो भएको मान्छे
सगरमाथा शिरमा लिएर हिडेको छु
कंचनजंघाको काख प्यारो छ
केचना छोएर भन्छु
तिम्रो भन्दा कता हो कता
देश हुनुको परिचय छ
म संग अनि
मदन भएको छु म यहाँ
सुनको वाला पर्खदैछिन मुना
मैले रोपेका स्नेहका पल्लबी
गोढेर
नयन दिपमा आँसु तेल सुकाउदै,तिर्थ ‘यात्री’ पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल: बहराइननोट-सोफिया एक प्रतिनिधि पात्रमात्र हुन कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र सम्झी दिनु होला लाखै लाख नेपालीहरु यसरीनै स्वप्नसुन्दरी सोफियाहरुको मोहजालमा पारेर दु:ख गरेर कमाएको धन नस्ट गरि रहेका छन, सोफियालाई अर्को कोणबाट अर्को भागमा पस्तुत गर्ने जमर्को गर्दै छु धैर्य गर्नु होला
तिमी स्मृतिमा आयौ
मैले पानाहरु पल्टाएर खोजे सम्झनाका
मृगतृष्णा जागेर आयो तिर्सनाको
अंगालोमा बेरिएको त्यो सुन्दर सपना
पल पल बुनेको काल्पनिक माया जाल
म निधाउने बाहानामा तिमी बोकेर
सर्बांग सुम्पी दिन्छु एक पल
झारेर मोतिका दानाहरु
सहिछाप गरेर शिरानिमा
तिम्रो सम्झनाको
सोफिया
कती मिठो सपना तिमिआयौ
सरक्क पर्दा उघारेर मनको
निस्वाश सिंचित गर्दै जवानीको
दौडाउदै कारकोमल थकान
मेटाउदै,र जगाउदै स्फूर्ति समागमको
मलाइ सुम्पिएर फुकाउदै बन्देजहरु
शरीरका साथी बनेकी थियौ
रति गृहकी
अनि उषा आउदा लाजले
रातो हुदै छोपेर श-शरीर
अदृस्य भएका थियौ
सविताको आगमन पुर्बै
सलाम ठोकेर रजनिलाई
जादा जादै तिमीले सुटुक्कै भनेकिथियौ
सन्ध्या लिएर आउछु भनेर
सोफिया तिमी किन म मा मायाको खेति लगाउछौ
म खडेरीले जर्जर भएको बुढो पहाड
स्नेहको मलजल निस्काम हुन सक्छ
ममताको बाँधमा कोशी पस्न सक्छ,
तिम्रो लगानी बालुवामा पानी हुन के बेर
सोच्दै हौली स्नेहको मलजलले
बसन्त फर्काउछु भनेर
रमाउदै हौली आत्म रतिमा
सोफिया हररात तिमी आउछौ
फकाउदै धम्कयाउछौ पनि
इज्लास बनाउ विर्य र डिम्बको
अनि फैसला गरौ भबिष्यको भन्दै
सहि छाप गर्न बिबश पार्छौ
तिम्रो लाल पुर्जामा,
सोफिया
अब तिमी नआउ
म आफ्नो माटो भएको मान्छे
सगरमाथा शिरमा लिएर हिडेको छु
कंचनजंघाको काख प्यारो छ
केचना छोएर भन्छु
तिम्रो भन्दा कता हो कता
देश हुनुको परिचय छ
म संग अनि
मदन भएको छु म यहाँ
सुनको वाला पर्खदैछिन मुना
मैले रोपेका स्नेहका पल्लबी
गोढेर
नयन दिपमा आँसु तेल सुकाउदै,तिर्थ ‘यात्री’ पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल: बहराइननोट-सोफिया एक प्रतिनिधि पात्रमात्र हुन कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र सम्झी दिनु होला लाखै लाख नेपालीहरु यसरीनै स्वप्नसुन्दरी सोफियाहरुको मोहजालमा पारेर दु:ख गरेर कमाएको धन नस्ट गरि रहेका छन, सोफियालाई अर्को कोणबाट अर्को भागमा पस्तुत गर्ने जमर्को गर्दै छु धैर्य गर्नु होला
Please follow and like us: