– मुकेश राई

एउटा सुन्दर भोलीको
प्रतिक्षासगैँ,
एउटा दिन आउँछ
अनि सदा झैं
चुपचाप,
त्यो दिन हिजो बन्छ !
समयको बहाव सगैँ
बग्न नसकेको
परिक्लान्त पथिक
बाध्यताको चप्लेटीमा
स्व-स्वामित्व दु:खभारसँगै
भाग्य बिसाउँछ !

बिरक्तिएको मन,
बेढगँ जीवन,
बेलगाम सुख र खुशीहरु
अनि गन्त्ब्यहिन जीवनयात्रा,
छि: यो जीवन !
छि: यो बाँच्नुको निरशता !
अनि छटपटीहरु !

खै, कता गयो ?
त्यो अल्लारे बैश,
मुहारको ओजिलो कान्ती,
त्यो विकान्त मनसुबाहरु
त्यो महत्वाकांक्षी ईच्छाका पहाड
गर्ल्यामगुर्लुम ढलिसकेछ,
बालुवाको महल जस्तो !

आफ्नै अधुरो सपनाको
मलामी जान्छ आजकल यो मन,
यो छाती पनि अब
आफ्नै रहर र आकांक्षाहरुको
मसानघाट भएको छ् !
केवल जिउनुको निस्सार अर्थमा
रुपान्तरित भएको जिन्दगी
आशा र निराशाको दोसाँधमा
तुवाँलो ढाकेको क्षितिजमा
कुनै पहाडको आकृति झैँ
निर्निमेष अल्झिरहन्छ,
अल्झिरहन्छ !!!!

(पशुपती नगर ४, ईलाम)
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *