सेप्टेम्वर १० २०१० अर्थात भाद्र २५ २०६७, नेपालमा तिजको दर खाने दिन, विदेशमा अर्थात खाडी देशहरुमा शुक्रवार विदाको दिन, मुस्लिम धर्मालम्बिहरुको चाड ईदको विदाको दिन । यसपाली भने जुरेकै रहेछ दर खान प्रवासमा भएका दाजुभाइहरुलाई । यति मात्र नभएर उक्त दिन सधैझै यसपालीको शुक्रवार पनि तिजको रमाईलो कार्यक्रम हुँदै थियो । कार्यक्रममा नगाएका अन्य तिन जना भित्र चेतन राना, अली, र टिकारामलाई लिएर देरा दुवई तिर हुईकिए । खाडी मुलुकको मध्यान्नको
टन्टलापुर घाम, एकैछण वाहिरी वातारणमा हिडडुल गर्दा पसीनाले खलखल्ती भिजाउने, हामी घामको कुनै प्रवाह नगरी नेपाली चोक आब्रा तिर लाग्यौ । ओ हो वाटो आवज जावत गर्ने मानीसहरुको भिड थिचोल्नै गाह््रो । नेपालीहरु मात्र नभएर अन्य देशका नागरीकहरुको पनि भिड थामीनसक्नु थियो । लाग्थ्यो काठमाण्डौ पशुपतिनाथमा शिवरात्रीको मेला चलीरहेको छ ।
नेपाली चोकमा दुई चार जना साथीहरुसँग भेट भयो, जाने होईन तिजको रमझममा मैले भने, भन्दै थिए आफ्नो त यतै छ रमझम नेपाली क्यासेट बेच्ने भाइले । लौ आयो नयाँ नेपाली लोक गित, चलचित्र, अनि तिजका गितहरु, सबै नेपालीहरु उनकै बोलीलाई पछ्यादै झ्याम्मीए । पुरानो तन्नामा छरपस्ट फीजाईएका नेपाली सि.डी ब्यवसायिहरु कराउदै थिए । उनिहरुलाई त्यो टन्टलापुरको घामको पनि कुनै प्रवाह थिएन कार्यक्रम त परै जाओस् । सबै सि.डी व्यवसायीको बोलाई, बेचाई र सामान एकै किसिमका हुने रहेछन् ।
त्यो भिडलाई थिचोल्दै हामी आब्राको डुङ्गा स्टेशनमा पुग्यौ । त्यहाँको लाईन देख्दा पशुपतिमा पुजा गर्न भित्र जान लागेको जस्तै नागबेली हुँदै पारी सडकमा पुगेको थियो । हामीलाई हतार थियो कार्यक्रममा एक जना साथीलाई फोन गरे । सुरु भयो कार्यक्रम उनले जवाफ दिए अघिनै, अचम्म लाग्यो नेपालीहरुले भनेकै समयमा कार्यक्रम सुरु गरेकोमा । हामी त्यो ठाउँलाई छोडी अर्को स्टेशनमा लाग्यौ त्यहाँ भने अलि खोक्लो थियो मानीसको लाईन । पोखराको विन्दवाशीनी मन्दिरमा पुजा गर्न गएजस्तै डुङ्गामा चढी पारी देरा दुवई पुग्यौ । विच बाटोमा क्लिक क्लिक गर्दै ति छेउछाउको मनोरम् दृश्य सहित हामीहरुको चेहेरा क्यामेरामा कैद पनि गरेउ ।
कार्टन टावर होटल र कार्यक्र मेरो लागी नौलो थिएन तर अन्य साथीहरुको लागि भने नौलै थियो । पहिलो चोटी कार्यक्रममा लिएर जाँदै थिए । ५ मिनेटको हिंडाई पछि निथु्रकक भिज्दै होटलको कार्यक्रम हलमा पुग्यौ । तिन जना कार्यक्रम सम्योजक टिकट काउण्टरमा बसीरहेका थिए । म पत्रकार भनेपछि छिर्न दिईहाले अन्य साथीहरु एक्सचेञ्जमा काम गर्ने भएकाले र उक्त एक्सचेन्जले प्रायोजन गरेको हुनाले भित्र जान समस्या भएन । कार्यक्रमको बारेमा सामान्य जानकरी पहिलो दिनमानै लिएको थिए । कार्यक्रम आयोजकलाई नजिकैबाट सहयोग गरिरहेका एक सहयात्रीले भन्दै थिए हल पुरा लिएका छौ ५ सय जना भए पनि समस्या छैन भनेर जव म भित्र गए त्यो हिजोको बुझाई गलत सावित भयो । हल आधा मात्र रहेछ, साथीहरु पछाडीनै हराए म भने अगाडी क्यामेर तेर्साउदै गए । महिलाहरु चिच्याउदै थिए अगाडी नजानुहोस् भन्दै तर पनि म ठेल्लीदै अगाडी पुगे । कार्यक्रम बेलैमा सञ्चालन भएको रहेछ । भर्खरै प्रमुख अथिति नेपाली राजदूतावास यूएईकी श्रमसहचारिका श्रीमती पार्वती अर्यालले मन्तब्य दिदै थिईन् । अर्यालले अन्तिम वाक्य भन्दै थिईन् अर्को कार्यक्रममा पनि जानु पर्ने । सायद उनि अर्को कार्यक्रममा पनि प्रमुख अथिति भएर जाँदै थिईन त्यसैले हतारमा देखिन्थिन् ।
लगत्तै श्रमसहचारीकालाई दोसल्ला ओढाई सम्मान ग¥यो महिला समितीले । हेर्दा हेर्दै कार्यक्रम हल महिला तथा पुरुषले भरियो टेक्न मिल्ने ठाउँ पनि बाँकी रहेन, पुरुष दर्शकहरु भित्तामा अडेस लागेर कार्यक्रम नियाल्दै थिए । कार्यक्रम सञ्चालिका भन्दै थिईन् पुरुषहरु सबै पछाडी जानुहोस्, पछाडी ठाउँ पनि थिएन जानलाई, त्यहाँ भने महिलाहरुले पुरुषलाई ३३ प्रतिशत अधिकार दिनै पर्ने हो । स्टेजमा महिलाहरु तिजको गित गाउन थाल्दा पुरुष दर्शकहरु थपडी बजाएर संगितको ताल निकाल्थे भने मादल, खैचडी र हार्मोनियम बेजोडको तालमा बजाउँदै महिलाहरुको तिजको गितलाई संगित दिएर सुगन्धित बनाउथे बाध्यवादक साथीहरुले भने महिलाहरुले गितका लयमा नाचेर दर्शकहरुलाई मनोरञ्जन दिई रहेका थिए ।
तिजका गितमा महिलाहरु स्टेजमा गाउँदै नाच्दै गर्दा पुरुष दर्शकहरु मन थाम्न नसकेर र ठाउँको अभावको कारण स्टेजको नजिकै गएर बारुली कम्मर मर्काउदै लाग्दा पुरुष स्वयमं सेवक साथीहरुले उनिहरुलाई हातमा समाउदै ननाच्नुहोस् र अगाडी पनि नआउनुहोस् भन्दै पछाडी जान अनुरोध गर्दथे । कैयौ पटक म पनि अधिकारभन्दा बाहिर परे, महिला चिच्याउदै थिईन् पछाडी जानुहोस् भनेर भने पुरुष स्वयम् सेवक उनको साथ दिदै थिए । यो दृश्यले भने मलाई पुरुष अधिकार हनन् भएको हो की जस्तो पनि लाग्यो ।
आफ्नो तालमा गाउँघरकै बर पिपल र मठ मन्दिरका छेउ छाउमा संगीनीहरुसँग बसी गाएजस्तै महिलाहरुले आफ्नै शब्द र भाकामा मनका बेदनाहरु गितमार्फत पोखे । कार्यक्रमको दर्शकदिर्घामा बसेका महिलाहरु मन थाम्न सकेनन् स्टेजमा गए अनि फन फन रिङ्गन थाले । त्यो गित र त्यो नृत्यको दृश्यले नेपालकै तिजको माहौललाई भुलाएको थियो । एकैक्षणमा त्यहाँ नदेखिएका अथितिहरुको आगमन भयो उहाँहरु प्नि कार्यक्रम ढिलै सञ्चालन हुन्छ भन्दै अड्कल काटी आउनु भएको जस्तो लाग्यो । उहाँहरुको साथमा यूएईमा विगत केही समय यता गायन क्षेत्रमा प्रवेश गरेकी रेखा घिमिरे पनि थिईन् । छिक्रेमिर्के निलो, हरियो साडीमा सजिएकी रेखा स्टेजमा पुगेर गाउन थालीन । मैले सोचे आज तिजको दिन कुनै तिजकै गित होला भनेर तर होईन रहेछ गोठालो जाँदा लाएको मायाँ पो रैछ । उनको गितमा बेग्लै आनन्द लिए दर्शकहरुले ।
तिजको गित घन्किदै थियो तर हामीहरुलाई बाहिर निस्कन हतार भएको थियो । करिव १० मिनेट लगाएर ठेलाठेल गरेर बाहिर निस्कियौ । होटलका म्यानेजर घनस्याम चौधरी भन्दै थिए यस्तै हो भने सेक्युरीटी बोलाउनु पर्ने हुन्छ कि तपाईहरु बाहिर गईदिनुहोस् कि त भित्र, बाहिर पनि त्यतिकै गञ्जमाहोल थियो दर्शकहरुको । पहिलो पटक कार्यक्रममा भाग लिन आएका साथीहरु बोर मान्दै निस्किए, कार्यक्रम बोर लाग्यो भन्दै ।
होटल बाहिर निस्किरहेका थियौ अर्को हुल कार्यक्रम तिर जाँदै थियो महिलाहरुको तपाईहरु जानुहोस् तर उभिने ठाउँ पनि छैन मैले प्वाक्क मुख छोडे होर भन्दै गए उनिहरु माथी । हामी भने अर्को कार्यक्रम तिर मोडियौ साथमा पत्रकार जेपी सापकोटा र छत्र लामा थिए, अन्य साथीहरुभने कोठा तिर लागे ।
करिव २० मिनेटमा हामी अर्को कार्यक्रम स्थल होटल ईम्पिरियलमा पुग्यौ, यहाँ हल अली ठुलो भएको हुनाले सजिलै बस्न र कार्यक्रम हेर्न पाईएला भन्ने लागेको थियो । एक जनाले गेटमानै प्वाक्क बोलीहाले क्या बोर यार कार्यक्रम हेर्न आएको टेक्ने ठाउँ छैन, गर्मी उत्तीकै बस्नै सकिएन । लौ जा यहाँ पनि यस्तो मनमनै सोचे अनी आठौ तला माथी उकालो चढियो लिफ्टबाट ।
आजभन्दा ६ महिना पहिला धो क्रुजमा सँगै गएका साथीहरु तिजको कार्यक्रममा आउने भनि खवर गरेका थिए । म अर्को कार्यक्रममा आईपुग्दा उहाँहरु देरा पुग्नु भएको रहेछ । त्यहाँको माहौल देखेर फर्कि फेरी त्यही ठाँउमा आउनु भयो । जहाँ देरा दुवईको भन्दा पनि बढी हुल र कोचाकोच थियो ।
भित्र पस्दासाथ पहिलो दुई लाईनमा यूएईमा स्थापना भएका विभिन्न संघसंस्थाका प्रमुखहरु थिए । मलाई लाग्यो महिलाहरुले निमन्त्रणा गर्न छुटाएकी कुन्नी या संघसस्थाका प्रमुखहरु निम्तो आएर पनि गएनन् । मैले चासो दिईन त्यस तर्फ तर मेरो नजर फेरी प्रमुख अथितिमानै पर्न गयो । पहिलो कार्यक्रमकी प्रमुख अथिति उक्त कार्यक्रमको पनि प्रमुख अथिति थिईन् । विच विचमा सामाजिक कार्यकर्ता तथा सस्था प्रमुखहरुलाई शुभकामना मन्तब्य दिन मञ्चमा बोलाईदै थियो । आजको दिन भाषण गरेर विताउनु भन्दा तिजका रमाईला गितहरु गाएर र नाचेर बिताउदा ठिक जस्तो लागेको थियो तर मेरो कुरा त्यहाँ कस्ले सुन्ने ।
भिडमा ठेलीदै म भित्र पसे र स्टेजको अगाडी चप्लेटी मारेर भुईमा थुचुक्क बसे । आफैले आफैलाई खुबै भाग्यमानी ठाने सबैभन्दा अगाडी बस्न पाएकोमा । पछि कोल्टे फेरेर हेरेको त महिलाहरु मात्र, पुरुषहरु त पछाडी र छेउ छाउमा झुम्मी उभिएर बसेका रहेछन् । कार्यक्रम सञ्चालिका सविता बस्नेत मिठो आवाजमा सास्कृतिक कार्यक्रमलाई अगाडी बढाउदै थिईन् । सुरुका केही सास्कृतिक प्रस्तुतीले कार्यक्रमलाई खल्लो बनाएको थियो । महिलाहरु आउने क्रम रोकिएको थिएन । पुरुषहरु बसेको कुर्सीबाट उठ्दै महिलाहरुलाई बसाल्दै थिए त्यतिकैमा तिजको गि बज्न थाल्यो । म भन्दा अगाडी बसेका महिलाहरु जुरुक्क उठी स्टेजमा पुगे अनि फन फनी नाच्न थाले । प्रमुख अथिति श्रमसहचारिका पार्वती अर्यालको पनि मन के मान्थ्यो र उनि पनि महिलानै थिईन् उनलाई पनि कति बेला नाचौ नाचौ लागेको रहेछ । मैले पछाडी फर्केर दर्शकहरु नाचेको खिचिरहेको थिए । मेरो हात र क्यामेरा स्टेजमा मोडीयो, क्यामेराको स्कृनमा प्रमुख अथिति नाचेको देखे, ख्यालै नगरेको उहाँको आधा नाच मैले हेर्न पाईन, उनलाई थुप्रै महिलाहरुले साथ दिएका थिए नाच्नमा ।
कार्यक्रम सञ्चालिका बस्नेतले माफी माग्दै दर्शकहरुलाई कुर्सी छोड्न भन्दै भुईमा बस्न अनुरोध गरीन् । महिलाहरु मुईमा थचक्क बस्दा गाउँघरको चौरमा बसेर कार्यक्रम हेरेको जस्तो लाग्थ्यो । स्टेजमा सञ्चालिकाले खै कुन्नी मैले विर्से के भन्न लागेको भन्दै थिईन् भर्खरै निस्केको सम्सदको छोरो विहे गर्न आथ्यो…. पार्टी मिलेन फर्केर गयो. तिजको गित बज्यो, महिलाहरु स्टेजमा पुगेर नाच्न थाले स्टेज पुरै नाच्ने महिलानै महिलाले भरियो, दर्शकहरुको विचमा महिला र पुरुषको नृत्य प्रतियोगिता जस्तै देखिन्थ्यो । महिलाहरु नाच्दा पुरुषहरु पनि हामी पनि के कम भन्दै बारुले कम्मर मर्काउदै थिए त्यो दृश्यले दर्शकलाई स्टेजमा भन्दा उनिहरुतिर तान्यो । छेउमा उभिएका र हातमा क्यामेरा लिएका दर्शकहरु स्टेजमा नाच्दै गरेका महिलाहरुको भन्दा दर्शकहरुको नाच लिन तछाड मछाड थिए । प्लिक्क प्लिक्क आँखालाई असरै पर्ने तरिकाले क्यामेराका प्ःल्यासहरु छर्दै थिए ।
महिलाहरु नाचीरहेका थिए, गाईरहेका थिए, दर्शकहरु भित्र ठेलिदै छिर्दै थिए । भर्खरै गोठालो जाँदा लाएको माया गाएर आएकी रेखा घिमिरेले अर्को कुनै गित गाउछीन् कि भन्ने आशा थियो तर त्यहि गित त्यहाँ पनि गाईन् दर्शकहरुले उनको गितमा भिन्दै मनोरञ्जन लिए । उनि गित सकिन नपाउदै अर्को तिजको लहर आयो बरीलै भन्ने गितमा अन्य महिलालाई तान्दै नाच्न थालिन् उनलाई पुरुष दर्शकहरुले नाचमा साथ दिईरहेका थिए ।
सविता बस्नेत ठेक नेपाली भाषाका शब्दमा दर्शकहरुलाई प्रायोजकको विज्ञापन गर्दै र्थिइन् भने विच विचमा अन्य लोक तथा क्रान्तिकारी गितहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो । नेपाली कला र सस्कृति झल्कने कार्यक्रमहरुमा अन्य आधुनिक गित तथा लोक पप गितहरु गाउनु नाच्नु भन्दा तिनै चाड पर्व तथा कला सस्कृतिलाईनै लक्षित गराएर बनाईएका गितहरु गाउन र नृत्य गर्न तर्फ बढी ध्यान दिएमा कार्यक्रम पनि स्तरिय हुने र दर्शकहरुले पनि मनोरञ्जन लिने त्यहाँको माहौलले देखाएको थियो । तिजको अवसरमा तिजकै गित र नृत्यमा जति मनोरञ्जन दर्शकहरुले लिए त्यति अन्य गितहरुमा लिएनन् ।
प्रत्यक जसो कार्यक्रममा एउटा न एउटा समस्या देखाएर पैसा उठाउने चलन उक्त दिनका दुईवटै कार्यक्रममा पनि अछुतो रहेन । विभिन्न किसिमका समस्यामा परेका नेपालीहरुलाई सहयोगको लागि अनुरोध गर्ने र उपस्थित सबैसँग पैसा बटुल्ने प्राय हुने कार्यक्रममा हुने नियमित जस्तै भएको देखिएको छ ।
कार्यक्रमको मध्यान्तर तिर यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुखहरुको वाक्लो उपस्थिति देखिएको थियो भने प्राय अथितिहरु प्हिलो कार्यक्रम सकेर उक्त कार्यक्रममा समावेश भएका थिए । तर कार्यक्रमलाई शुभकामना दिनेक्रम सकिएपछी फाट्फुट् मात्र अथितिहरुको उपस्थिति देखिन्थ्यो । कार्यक्रमलाई शुभकामना मात्र दिन आउनु भएको हो कि भन्ने पनि लाग्दथ्यो तर कार्यक्रमको अन्त्यसम्म महिलाहरु भने धित मरिन्जेल तिजका गितहरु गउन र नाच्नमा व्यस्त देखिन्थे ।
कार्यक्रमको सुरुमानै एउटा महिला सेल गठन गरिएको जानकारी आएको थियो तर अलि ढिला पुगेको हुनाले वृस्तृत जानकारी लिन सकिएन । यसरी महिलाहरुको भिन्दा भिन्दै संस्थाहरु खोल्दै जानु भन्दा सबै महिलाहरुलाई एकढिक बनाई एउटै संस्थामा आवद्ध बनाएर जानु उपयुक्त हुन्थ्यो कि । विगतका दिनहरुमा पनि महिला समाजहरु खोल्दै बन्द हुदै गरेका हामी माझ तिता घटनाहरु नभएका होईन् । अहिले पनि यूएईमा तिन वटा महिला समाज देखिएको छ । एनआरएन एन सि सिको महिला संजाल, नेपाली महिला समिति र उक्त कार्यक्रममा पुष्पा केसीको अध्यक्षतमा गठित नयाँ संस्था प्रगतिशिल महिला मञ्च, यि तिनवटा महिला सस्थालाई एउटै मालामा उन्न पाए बलियो र दह्रो हुने थियो कि ।
कार्यक्रम सुरुहुनुभन्दा पहिला यूएईका नेपाली समुदायमा जुन किसिमको होहल्ला चलेको थियो, कार्यक्रम जुध्यो भनेर तर उक्त दिनको दुवै कार्यक्रमले त्यो हल्लालाई सत्यतामा परिणत गरिदियो । महिलाहरुको कार्यक्रममा महिलाहरुलाई प्रवेश निशुल्क थियो पुरुषलाई ३० दिह्राम्स थियो भने जनप्रगतिशिल मञ्चको कार्यक्रममा पनि महिलाहरुलाई निशुल्क र पुरुषहरुलाई २५ दिह्राम टिकट दर थियो ।
समग्रमा यस पालीको तिज कार्यक्रममा महिलाहरुको उपस्थिति सोचेभन्दा बढी देखिएको थियो र दुवै कार्यक्रम अति सफल पनि भएको थियो । आगामी दिनमा यस्तै नेपाली चाड पर्व र रिती रिवाजालाई भुलाउने खालका कार्यक्रममहरु आयोजना गर्दा सबै नेपालीहरु एकैठाउँमा भएर र ठुलो हलमा आयोजना गर्दा अझै कार्यक्रम एतिहासिक नहोला भन्न सकिदैन ।
जय होस ।