– चाप्चा निर्जन
यि फुल्ने आखाहरू,अर्धमुस्कानको अधर
कहिकतै नदोधारियोस
बैसालू-बतास तनभित्र,लजालू-रहर मनभित्र
पस्दा-पस्दै कहि नरोकियोस
कहिकतै नदोधारियोस
बैसालू-बतास तनभित्र,लजालू-रहर मनभित्र
पस्दा-पस्दै कहि नरोकियोस
ए निरासा तिमी हारीदेऊ आज
कुनै उमंग तिमीलाई पहिल्याऊदैछ
कुनै जिजिबिषा कुर्लिन्दैछ यहाँ
प्रितिहरू नौलो साईनो खोजीहिडदैछ
ए तिमी भागी हिडने निन्द्रा
आज नसाको लोभमा म फकाउदीन
आफैलाई यत्ति माया किन गर्दैछू
नसोध चाहेर पनि म बताउदिन
बसन्तपुर काठमान्डू,०१जनवरि२००९,साँझ०५:२०
हाल जर्मनी
Please follow and like us: