– सुजन के सी, कुवैत
कुवेतमा नेपाली राजदूतको पदमा आसीन कथाकार मधुवन पौडेलको छैटौ कृति “आफ्नै अतित दोहोरिए जस्तो” प्रकाशित् भएको छ । शाखा अधिकृतको रुपमा परराष्ट्र मन्त्रालयबाट सेवा शुरु गरेका
पौडेल राजदूतको जिम्मेवारी सम्हाल्दासम्म आफुलाई एउटा उच्च दर्जाको कुटनितिज्ञ मात्र होईन बरिष्ठ कथाकारको रुपमा स्थापित गराईसकेका छन । कथा र कूटनीतिमा एकसाथ नाम बनाउन सक्षम पौडेलले चार दशक लामो कथाको यात्रामा पाँच कथासंग्रह प्रकाशन गराईसकेका छन । राजदूत पौडेलको छैटौ संग्रह “आफ्नै अतित दोहोरिए जस्तो ” उनलाई राम्रा लागेका र सान्दर्भिक लाग्ने १५ कथाहरूको संग्रह हो । कुवेतस्थित प्रकाशक अभि-जमान स्मृति ट्रस्टका तर्फबाट होमबहादुर क्षेत्रीले प्रकाशकीयमा भनेका छन् मानव मनका कोमल भावना र पारस्परिक सम्बन्धको ऐना देखाउने प्रयास यी कथाहरूमा भएको छ ।

ललितपुरको लामाटारमा जन्मेका कथाकार पौडेल नेपाली साहित्य र कला क्षेत्रमा मानश्री पुरस्कार बाट सम्मानित भई सकेका छन । कबिताबाट साहित्य क्षेत्रमा प्रबेश गरी २०२५/२०२६ बाट लेखनको थालनी गरेपनि२०३४ देखिनियमित लेखन शुरु गरेका हुन । निबन्ध, ऐतिहसिक लेख,कबिता र केही मुक्तकहरु लेखेका पौडेलको पहिलो प्रकाशित पुस्तक कथासंग्रह बाँच्नुको बिवशता २०४१ भएको थियो त्यस्तै नलिनी भाउजु २०४९, म र मेरो परिवेश २०५०, अबतरण र अरु कथाहरु २०५८ प्रकाशित् भएका छन ।
राजादूत कथाकार पौडेलको नयाँ कृति कथा सँगालो ” आफ्नै अतित दोहोरिए जस्तो ” का कथाहरु लघु आकारमा देखिन्छन, तर कथाको भित्री गुदिको स्वादलिदा गहन्ता र बैशाल्य थाहा लाग्छ । कथानकमा बैविध्य छ अनिपाठकलाई अन्तसम्म पढन वाध्य गराउने तिलस्मा पनि छ । यस संग्रहमा परेका १५ वटा कथा बिभिन्न काल खण्डमा लेखिएका भए पनि प्रासंगिक र रोचक देखिन्छन । समाजमा ब्यस्त कारुणिक पक्षलाई टिप्नमा कथाकारको शिप देखिन्छ । सरल भाषा अनिछेउछाउकै चरित्रहरुका माध्यमद्धारा समाजको आँखा खोल्न खोजिएको छ । यो संग्रहमा सिर्जनशील कृयाशीलतालाई प्रमाणित गर्ने “नलिनी भाउजु” र “बाँच्नुको विवशता” पहिले लेखिएको भए पनि आजको सन्दर्भमा घतलाग्ने देखिन्छन । ब्रिटिश गोर्खा भर्ती हुने सपना बोकेका युवाहरुको मानसिकता देखी परिवारको कहल र संकटबाट उम्किन बिदेशिन पुगेका र आफ्नो परिवारको पेट पाल्न डाँडा काटेका नेपालीहरुको साथै लाउरे बन्न पाउदाको आकर्षणपूर्ण जिबन प्रति लालयित हुने गरेको जमात देखी एउटा बहादुर सिपाहीको जिवनकथा देखि गरिवीमा पिल्सिएर आफ्नै छोरी दलाललाई बेच्ने निरिह परिवारको दुखेसाहरू समेटिएको छन ।
कथाकारले यो संग्रह लेखन कार्यमा निर्वाध प्रेरणा दिदै आएकी धर्मपत्नीको नाममा समर्पित गरेका छन ।
Please follow and like us: