– उमा सुवेदी
गरिबीको माड मैले धेरै पिएकी छु
दु:ख लुकाइ जिन्दगीलार्इ खुशी दिएकीछु
ठोकिने त बानी पर्यो हिँड्दा बगरमा
हिंड्दा हिंड्दै जिन्दगीमा धेरै खिएकीछु
फोस्रा बोली बोल्नेहरू धेरै भए आज
मन फाट्दा आफ्नै मनले सधैँ सिएकीछु
सागरलार्इ भेट्ने भए बग्नै पर्छ सधैँ
ढुङ्गा मुडा छालसँगै भिड्दै जिएकीछु
कस्लार्इ हुन्न बगैँचामा फूल्ने रहर हजुर !
भेटिएला वाग पनि आशा लिएकीछु
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar