– बानिया राजन
कबिता लेखेर कबि बन्छु भन्ने मेरो मन
सबै तिर उज्यालो छरेर रबी बन्ने मेरो मन शब्दको मात्र चाङ् लागे,भाब छैन कुनै शब्दमा बिना भाब कबिता भएन,कबिता बिना कबि भैएन गर्न त यहाँ राजनीति छ अरे मन र धन भए पुग्ने |
आश्वासअन, चर्का र सस्ता भाशण जाने पुग्ने
न त जान्नुपर्यो अर्थका कुनै शब्द,नत एसेल्सी कै डिग्री
कार्यालय चलाउन लोकसेवा ,देश चलाऊन सुनकै एउटा सिक्री
कहिले भूगोलको कुनै कुनामा बहलाउछ यो मन
त कहिले मातृभूमीको सेवा गर भन्छ यो मन
खै, कहाँ, कसरी अटल बनी बास्लार चन्चल यो
कोही कसैले सँझाय पनि आँफैले बाधि राखे पनि
असफलतामा निरासिन्छ ,बियोगमा निसासिन्छ
खुशीमा हर्शित त्यै मन सत्रुतामा बहुलाउछ
हतारमा निर्णय दिएर फुर्सदमा पछुताउने पार्छ यै मनले
नत चुपचाप पवित्र बनाउन सकिन्छ नै दिएर धनले
कोही बने बैज्ञानिक त दर्शनशास्त्री बने कती
त्यै मनले बिगारे कतिले आफ्नै मती
यो मन र त्यो मन मिल्न सके भाबनाको दुरी घट्थ्यो आज
धन्य बन्थ्यो सब्को जीवन झिलिमिली हुन्थ्यो देश सधैं साँझ
Please follow and like us: