– सजना गुरुङ


आउ तिमी असल मान्छे बनी
मेरा जिबनका प्रतेक अभावहरु
तिम्रै साथ खोजिरहेछन !
आउ ………,
तिमी स्वाभिमान र महानताका अध्यायहरु पढाउन
युगले तिमीलाई नै पुकारीरहेछ !
यदि तिमीले आजको मागलाई चिन्योउ भने


फालिदेउ ती हतियारहरु र आत्मासमर्पन गर
विवेकले इतिहासमा जिबनको अमरत्व लेख
र आफ्नो सार्थक्ताले खुशी भरिदेउ
मेरा रोदनहरुमा !
यदि तिमीले प्रेमको अर्थ बुज्योउ भने
त्यागिदेउ ती एश ,आराम र वैभवलाई
त्यागिदेउ ती रक्सिले भरिएका बोतलहरुलाई
ती सबै कुलत र बिसंगतिहरुलाई
र आउ , तिमी दौरासुरुवालमा
मादलु र बाँसुरिको धुन भरिदेउ
मेरा गीतहरुमा !
म चौबन्दी चोली र छित्कोसारीमा
हत्केलाभरी लालिगुराँस का थुँगाहरु लीई
तिम्रै आगमनको प्रतिक्षामा बसिरहेकी छु ,
यदि तिमीले प्रतिक्षाको हार्दिकतालाई सम्झेयोउ भने
आउ ………………..,
तिमी मान्छे बनेर
ती सारा संकोच र सन्देहका नेपथ्याहरु च्यातेर
आउ ……………,
तिमी नयाँ जीबनको सुरुवात गर
ती सारा प्रतिशोध र प्रतिद्वान्दका भावहरु भुलेर
र आफ्नो उत्साह र उमंगले प्राण भरिदेउ
मेरा मृत देहमा !
यदि तिमीले जीबनको अर्थ जान्योउ भने
उठ , अगाडि बढ कैदी भएर नबस ,
त्यो निरास निक्रिश्ट , निस्कृया पिँजडामा
बाहिर आउ ,
आशा विश्वाश , सहास र परिस्रमले
तिम्रो आफ्नो , परिवार , समाज र राष्ट्रको
सुन्दर भविस्या निर्माण गर
चन्द्र र सुर्याको लाज राख
र कस्तुरिको नाभिझै सुगन्धित भै सौरभ छरिदेउ
सपनारुपी कमलहरुमा !
आउ …………,
प्रमानित गरिदेउ
प्रेम धोका होइन विश्वास हो भनेर ,
आउ , वाचन गरिदेउ
प्रेम प्रतिसोध होइन प्रेरणाको प्रतिक हो भनेर ,
आउ , प्रदर्शन गरिदेउ ‘
प्रेम पाप होइन पुन्या हो भनेर !!!

सजना गुरुङ
हाल इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *