– असफल गौतम
भरिया दाइको नाम बेचेर यहाँ कुल्ली बनेका छौ
आफै राष्ट्रघाती कुरा गरी अर्कालाई भनेका छौ ।
अनुहारमा हेर त ! तिमी आफैलाई धिक्काने छौ
राष्ट्रप्रेमको नाम जप्ने भन्दै पहिलो दर्जामा टेकाएर
हजुर भन्दै मुखले एक कुरा व्यवहारले अर्कै देखाएर
आखिर हिजोका ती कर्तुत तिम्रा दुनियाले देखेकै छन्
आर्दश सिकाउछु भन्दै बैमानीमा नाम लेखाएर ।।
धोती नफुक्लदाको बेला सम्म रहेछ लाज लाग्ने
फुक्लेपछि भन्न थाले अब केका लागि म पर भाग्ने
कठ्ठै तिम्रो बुद्धिमा बिर्को लागेछ साईला दाई हेर
एक दुई पटक त हो तर बारबार त्यही कुर्ची माग्ने
अरु सब फटाहाहरू भन्दै आफूलाई अब्बल ठानेपनि
रमाईलोमा केही हुदैन कसईलाई कालिगढ मानेपनि
आफ्नो सक्कली मुहार हेर्न कहिल्यै पनि नबिर्स है ?
तिम्रो भकारी भरिदिन्छु भन्दै पाखुरो समाई तानेपनि ।।
महङ्गी र भ्रष्टचारका कुरा फुकी केही हुनेवाला हैन
तिम्रो मुहारमा हेर पहिला त्यहाँ इमान छ की छैन ?
अर्काकोमा जुम्रा देख्नेले आफ्नोमा भँैसी देख्दैन भने
विचारा ! हाई त्यसै पग्लिरहेछौ पीडाले भएर मैन ।।
स्रष्टा चिनारी नामः असफल गौतम (गौतम रानाभाट)
जन्मः ठुलाडिही, ६ स्याङ्जा
हालः पोखरा
शिक्षाः स्नातक
Please follow and like us: