गाउँको
करेसावारी
सोत्र्यान मिल्काउने नजिकै
केराघारीको जमात भित्रै
मौलाइरहेको छु
सुन्दर
मखमलीको बोट !
म
प्रायः
हरेक विहान
सिञ्चन गर्दै, हेर्दै
उही बोटहरू बीच
आँखा गाड्छु
देख्छु
हतार हतार
हुर्किएको छु
बढिरहेको छु
निरन्तर……
मलाई के थाहा?
केराघारीको विछ्यौना
कति निष्ठूर हुन्छन् ?
जुर्मुराएर उम्रको
झारहरू समेत
हैरान बनेर
स्वीकार्छन्
सास्वत मृत्यु ।
थुप्रै गिट्ठा भ्याकूरहरू
यसैका खामहरूमा बेरिएर
उकासिदैछन्
आकाशिदै छन्
तर
तिनलाइ के थाहा?
विचरा !
यिनका चिप्ल्याईहरूमा
हरेक पटक
उकालिनछन्
बजारिन्छन्
म
मखमली
सुन्दर बोट
केराको सेप्यानमा पनि
निर्धक्क
हुर्किरहेछु।।।
बढिरहेछु ।।।
हो
यो
सुन्दर बोट
म
मखमली
कहिल्यै नओइल्याउने
पवित्र
दुवो र सयपत्रीहरूसँगै मिसिएर
सबैका शुभसाईतहरूमा
हरेकका
गला गलामा उनिएर
थुप्रै आशिषहरूकासाथ
अजर अमरका शंखघोष गर्दै
फैलिन्छु
नाघ्दै भूगोलका सिमानाहरू ।
परदेशमा
फलेका
पाकेका केराहरू
स्वदेशको भन्दा
कदापि स्वादिष्ट हुनै सक्दैन
तै पनि
थुप्रै
मखमलीहरू
प्रतिस्पर्धामा
झुम्मिईरहन्छन्,
तिनै
केराहरूमा
उसैको छत्रछायाँमा
निमेमेष
हुर्किएको
म
एक
सुन्दर मखमली
केराघारीमा उम्रेर
केराघारीमै
अस्तित्व व्यूँताउन
अस्तित्वकै खातिर
होमिएको छु
बश !
होमिएको छु ।