– उमा सुवेदी
झिलीमिली परदेशमा अँध्यारो छ मेरो मन
कहिले पुग्नु मेरै गाउँको सल्लेरी र रानी वन
कहिले पुग्नु मेरै गाउँको सल्लेरी र रानी वन
मनको दु:ख भुलाउन कोइलीको भाका छैन
लालीगुराँस फूल फुल्ने यहाँ कुनै पाखा छैन
खैंजडी नि छैन यहाँ मादल पनि भेटिँदैन
हो बरैको भाखा हाली सारङ्गी नि रेटिँदैन
सँसारमा कहीं छैन नेपाल जस्तो सुन्दर ठाउँ
झरना खोला घन्काउँछन् गाउँ-बेसीकै प्यारो नाउँ
प्रकृतिको हराभरा डाँफे मुनाल नाँच्ने पाखा
सबैभन्दा प्यारो लाग्ने ती आमाकै न्यानो काख
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar