भूससँगै मिसिएको चामल दानो मै हूँ
सधैँ तिम्रो नापतौल गर्ने मानो मै हूँ
एक झुल्को घाम पाइ पछि लाग्यौ आज
झरी पर्दा ओत लाग्ने आखिर छानो मै हूँ
आँशु पिइ हाँसो दिँदा रिसाउँछौ सधैँ
चुपै लागि चोट खप्ने त्यो अचानो मै हूँ
घार खोज्दै हिँडे अरु ओत खोज्दै हिँडे
बर्षातमा रुझी बस्ने एक्लो रानो मै हूँ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar