-प्रकार अन्तर
देख्यौ ?
पहिरोभन्दा अघि !
ढुंगाको पनि रहर हुँदो रहेछ ।
हरे टिपे पो त कसैले !
आफ्नै शिर मसला हुने पक्का भएपछि
को हिंड्छ हे बर्खामास
अनिश्चितताको राजमार्ग ?



टिप्ने होईन कसैले !!

हेर हेर
कति हतारो !
चन्द्र-आकार सुर्य-आकार मा
खोपिन
हरे पुजे पो त कसैले !
के पुजिदैमा नहुने भगवान भईन्छ ?
चेतना निश्चित भएपछि
को पुग्छ छुचुन्द्राको राज्यमा ?
पुज्ने होईन कसैले !!

हेर हेर
मान्छे ढुंगा भएको !
लु भन त ढुंगाहरु-
किन चढेथ्यौ पहाड ?
माने शिल्पकार माने
क्या! मुर्ती बनायौ ।
‘दुरुस्त भएन रे’
आफैं बस-
भन्न सक्दैनौ बादशाहलाई ।
लु लु हेरूँ त !
ढुंगा मान्छे भएको !!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *