म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका कक्षाहरूमा प्रथम स्थान ल्याउनै पर्ने बाध्यतासँग मिहिनेत गर्थे । गाउँ टोल र छिमेकहरूमा बारम्बार चर्चा चलिरहन्थ्यो मेरो । उनिहरू भन्ने गर्थे – छोरा नै जन्मनु छ फलानो जस्तो । मेरो नामै काढेर गरिएका यस्ता प्रशंसाका वातावरणहरूले पुरै छिमेकी गाविसहरूमा समेत स्थान ओगट्न थालिसकेको थियो । स्कूलका कार्यक्रमहरूमा सबै साथीहरूले मेरो सदनमा चुनिनका लागि वा समूहका सदस्य बन्नका लागि मनैदेखि रूचाउँथे । म पनि साथीहरूलार्इ भरपुर सहयोग र सल्लाह दिन/लिन अति मन पराउँथे । कुनै पनि कार्यक्रम वा सभा समारोहहरूमा शिक्षाका सन्देश दिन वा शिक्षाको महत्त्वलार्इ प्रष्ट्याउन म पनि हरतरहले लागिरहन्थे ।
गाउँको सरकारी स्कूलमा पढ्नेको घुँइचो छिमेकी गाविसहरूबाट समेत ओइरिने हुनाले सरकारी स्कूलमा त्यसै त पढार्इ नै राम्रो हुदैन भन्ने मानसिकता पालेकाहरूको जमात एकातिर, उसै माथि पनि पछिल्लो समयमा विद्यार्थीको भीड समाल्न नसकिने र स्कूलको धुमिलिँदै गएको प्रसासनिक व्यवस्थाका कारण प्रायः शिक्षक शिक्षिकाहरू पनि सन्तुष्ट थिएनन् । विकट गाउँको सरकारी स्कूलमा दक्ष र अनुभवी शिक्षक पाउन समेत गाह्रो थियो । बल्ल तल्ल पाइएका तरार्इवासी शिक्षकहरू हातमा डिग्रीका प्रमाणपत्र कागजी खोस्टो मात्र । भित्र मस्तिष्कमा भने मैथली वा हिन्दी भाषा मैथमैटिक्स, कैसेट वा बैट्री जस्ता उच्चारण हुनुले पनि अध्यापनमा असहजता ल्याउथ्यो । वास्तवमै यस्ता शिक्षाहरूबाट मलार्इसमेत निराश तुल्यार्इदिन्थ्यो । वाध्यतासँग पैठोजोरी खेल्नु हाम्रो पनि बाध्यता नै थियो । यस्ता वाध्यताहरूमा भने म आफ्नै तरिकाले थोरै चलखेल गर्ने वा पढ्ने सिक्ने गर्ने गर्थे । नत्र त हल्लैहल्लाको सरकारी विद्यालयमा विना अध्यापन तलव पकाउने शिक्षकहरूको क्रियाकलापले म लगायतका लगनशील विद्यार्थीहरूको भविष्यमा खेलवाड नै गर्थो । गसरी हरेक बर्षहरूमा मुख्य विषयका शिक्षकहरूको परिवर्तन भइरहने र जिल्ला जिल्लाहरूमा समेत सम्पर्क गरेर खोजिरहनु पर्ने अनि अर्को शिक्षक नआउँदासम्म पढार्इ नै रोकिने जस्ता समस्याले मेरो विद्यालय नै गम्भीर समस्यामा फस्दै गर्इरहेको थियो । विद्यालयलार्इ भन्दा वास्तविक मार मलार्इ थियो । म जस्ता धेरै विद्यार्थीहरूलार्इ त झन शिक्षाको उज्यालो नै कालरात्री बन्ने हो कि भन्ने डरले कता कता जरो गाड्ने गर्दथ्यो ।
पैसाले शिक्षा किन्ने व्यवसायिक परिपाटी नेपालको शहर वा बजार केन्द्रित मात्र थियो शुरू शुरूमा । तर विस्तारै गाउँ गाउँसम्म सल्कदै गर्इरहेको थियो । म लगायतका थुप्रै साथीहरूको मानसिकतामा धेरथोर असर, यस्ता पैसाले किनवेच गरिने शिक्षासँग कदापी मेल खाँदैनथ्यो । तर समयको माग, शिक्षामा बढ्दै गर्इरहेको आधुनिकीकरणले शिक्षालार्इ नै व्यापारीकृत बनाउन च्याउ झैं उम्रिएका प्राइभेछ बोर्डङ स्कूलहरू, पैसाले खरिद गरिएका शिक्षक शिक्षिकाहरू, यस्तै यस्तैले मेरो मन उराठिएर गर्इरहेको थियो । तर बाध्यताको शिक्षा मेरो सरकारी विद्यालयमै पनि राम्रो गर्नुपर्छ भन्ने मानसिकताले राम्रो बाटो डोर्याउे एकादुर्इ शिक्षकहरूको मार्गदर्शकमा शिक्षालार्इ सफलतापूर्वक अगाडि बढार्इरहेको थिए । जब कक्षा ९, १० मा पुगेँ अनि त फलामको ढोका मानिने एसएलसी परीक्षाको भूतले मन भरि भरि सतार्इरहन थाल्थ्यो । एकातिर दक्ष र अनुभवी शिक्षकको कमी, अर्कातिर पढार्इमा विच्छिन्नता जस्ले मेरो अगाडिको अध्ययनलार्इ संकेत गर्दथ्यो । तर पनि गाउँको ससाना घरहरूमा बनेका चारहाते गुफा जस्ता कोठामा बसेर मट्टितेलका टुकी बालेर अध्ययन जमाउनुको अर्को विकल्प नै थिएन । कहिले काँही त टुकीका बाती ठुलो भएर हो कि कोठा भरि नै कालो मुस्लो लडबढारिँदै जान्थ्यो । त्यति मात्र हो र! यस्ता कालो धुवाहरू आँखामा पसेर आँखा पोल्ने स्वाससँगै निलिएर छाती दुख्ने र कति पटक त विहानमा छिँर्इइइ गर्दा सिँगानमा ती काला धव्वाहरू मिसिएर सिँगानै कालो भएर आउने गर्दथ्यो । हरे ! त्यो अवस्था सम्झदा अहिले विद्यूतीय प्रकाशमुनि बसरे डिजिटल डिभाइसको सहारामा लेख्दै गर्दा अचम्म मात्रै हो र? चमत्कार नै गरे जस्तो लाग्छ विज्ञान र प्रविधिले । यस्तै परिस्थितमा कडा परिश्रम र मेहनतकासाथ एसएलसीसम्मको मेरो अध्ययन यात्रा पार लगाएको थिए ।
जीवन संघर्ष हो । संघर्ष नै जीवन हो । म भन्छु संघर्ष गरेरै केहि अक्षरहरू चिन्ने अवसर पाएको थिएँ र त अहिले ती वितेका दिनहरूलार्इ सम्झेर लेख्न सक्ने भएको छु । गर्व गर्नुपर्छ ती वितेका पलहरूलार्इ । म यतिबेला सम्झिरहेको छु । कक्षा तीनबाट चारमा जाने क्रममा स्कूलभरिमा नै सर्वप्रथम भएको थिएँ । नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह स्कूलकै प्राङ्गणमा भैरहेको थियो । सबै कक्षाहरूमा पासफेल अनि पहिलो दोश्रो, तेश्रो, सकेर स्कूल भरिमा नै होलफस्ट वा सर्वप्रथम हने नाम बोलाइन्थ्यो । कक्षामा प्रथम भएकोमा यत्तिकै खुशी थिए म । यसै बीच होलफस्ट हुनेमा मेरो नाम पुकारिँदा म खुशीले झण्डै ढलिन । साथीहरूले ए! तेरो नाम आयो केटा जा भनेपछि मलार्इ पक्का भयो । अनि प्रधानाध्यापक र अरू थुप्रै समाजसेवी( विद्यार्थीहरूको मनोबल बढाउन हरेक बर्ष अनन्य अभिभावक, गाउँ प१चायतका प्रधानपञ्च, उपप्रधानपञ्च वा जो कोहि पनि )हरूले अविर लगाउँदै फूल र पुरस्कार दिनुहुँदा मैले मेरो दुवै हातले ती पुरस्कारहरू धान्न नसकेर भूर्इँमा बजारिएका थिए । अनि त्यति नै बेला सारा उपस्थितहरूले हाँस्दै फलानो त पुरस्कार पनि समात्न सकेन गएर सधाइदिउ न भन्दै थिए । ठीक त्यतिकै बेला मेरो मिल्ने साथी आएर मेरो पुरस्कार सम्हालिदिएको थियो । यथार्थ भनेो मैले पुरस्कारहरू थाप्दा दुबै हात कम्मरको सिधा राखेको मात्र थिए बाँकी पुरस्कारदाताहरूले माथि माथि चाङ् मिलाएर राखिदिनु भएको थियो र धेरै भैसकेर मेरो निधार छोपिएको थियो र आँखा नै नदेखेर केमा ठोकिए कुन्नी अनि सबै गर्ल्यामगुर्लुम्म ढलेको थियो । त्यतिबेला म सानो ८ बर्षको मान्छे हार्डकभर भएका कापी र त्यतिबेला महँगा भनेर चिनिने चाइनिज पेन, शिशाकलम, ज्यामितीबाकस जस्ता थुप्रै पुरस्कारका थुप्राहरूको चाङ् । एकातिर धान्न पनि गाह्रो नै भएको थियो भने अर्को कुरा ब्यालेन्स नमिलेर पनि ढलि त हाल्यो ।
खुशी कहाँ सधैँ पाइन्छ र ? यो त अनगिन्ती संघर्ष गरिसके पश्चात एकादुइ मिल्ने क्षणिक अनुभूति मात्रै हो । धेरै संघर्ष र कडा परिश्रम पछिको त्यो पल नै मानिसको जिन्दगीमा मिठो अनुभूतिको रूपमा स्मृतिमा रहने मात्रै त हो! कहिलेकाँही त लाग्छ फेरि एउटा अध्ययन गरूँ~! मानव अध्ययन, जहाँ मानिसहरूको चेतनाको विकाससँगै शारिरीक र समाजिक विकास भएको होस् । अनि चेतनशील मानव संरचनामा सदा सकराल्मक मात्रै सोचको विकास होस् । उफ् … .. .! म फेरि बगेँ सत्यवादी बनेर सत्ययुगकै पछाडि । यस्तो कहाँ हुन सक्छर? सम्भव पनि छ र खै? यस्तो आदर्शवादी समाजको ! सम्भव छैन भनिदिउँ भने म आफै अनादर्शको सिद्धान्तमा हिडिरहेको भन्ने अर्थ स्पष्ट हुन्छ । यदि सम्भव छ भनुँ भने अहिलेको यो सँसार छैलङ्ग र उदाङ्गो पनि छ । हामी जीवनयात्री हेो -यात्रा जीवनको । कहिलेकाँही मात्रै भोगेका आनन्दहरू सम्झेर बाँकी जीवन संघर्षमयतामा नै विताउनु पर्छ । हो यो सास्वत सत्य र यथार्थ पनि हो । हरेक दुर्इचार बर्षहरूमा आइपर्ने एकादुर्इ खुशीहरूका कल्पनाहरूमा नै सारा जिन्दगी पार लगाउनुपर्छ । हो यो नै मानव जिवनको कटुसत्यता हो र मेरो पनि । स्कूले जीवन पछिका अरू थुप्रै आइपर्ने समस्याहरूमा कदापि नहिच्किचार्इ वा विचल्लित नबनेरै गरिने धैर्यताका संघर्षहरू नै दीर्घकालीन हुन्छ त्यसैले त हरेक दिनहरू संघर्षशील विहानीहरूबाट शुरू गर्थे, गर्छु र गर्नु पर्छ पनि ।