-हरि मानन्धर “विवश”
मान्छे कुदिरहेछ

घडी स्थिर छ
तर
घडीका काँटाहरू
समयको प्रतिनिधित्व गर्दै कुदिरहेछन्
मान्छे र समयको प्रतिस्पर्धा चलिरहेकै छ
उछिन्ने अनि जित्ने होडवाजीमा ।

सृष्टिको चतुर प्राणी
मान्छे
आफ्नै नाडी छाम्दै छाम्दै
प्रतिपल नाडी र घडीको
रफ्तार नापीरहेछ

ऊ छक्क परिरहेछ
हिजो देखि आज पनि,
किन?
घडीका काँटा दैडिँदा समय भाग्छ
घडीका काँटा रोकिँदा पनि समय भाग्छ!!
जिन्दगीका सिमितता
समयका असिमितता
घडीको छातीमा हिसाबकिताब गर्दै
ऊ संसार जित्न निरन्तर कुदिरहेछ ।

ऊ देख्छ
संसार बोकेर
घडीका काँटाले फनफनि चक्कर लगाउँदा
समयले बाँकटे हानिरहँदा
ऊ आँफैं मात्र कुदिरहेछ
खोइ उसको चेतना कहाँ छुटेछ?
कहाँ कठ्याङ्ग्रिईरहेछ?!

घडी
नाडी
र समय,,
उस्कै त हो,,
ऊ संगै त छ
शायद अब उही बाटोमा
उद्देस्य बदल्नुपर्ला!!
समय भेट्न होइन
समय बुझ्न
आजको मान्छे
फेरि अनन्त अनन्त
कतै कुदिरहेछ ,,
……………..कुदिरहेछ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *