–विसर्जन
फेशनको भेलमा मस्तिष्क बगाउने
केही वैंशालु आशक्तिहरु
तिम्रो शरिरमा आजीवन सदस्य भएर आएका
अंगहरु सँगै पलाएका थिए ।
केही वैंशालु आशक्तिहरु
तिम्रो शरिरमा आजीवन सदस्य भएर आएका
अंगहरु सँगै पलाएका थिए ।
तिमी जति गाली गर
म हेर्छु,निर्निमेष हेर्छु
तिखारिएका आखिँभौं, लालिमा चढेका गालाहरु
काजलको बार लगाईएका आखाँहरु
तर त्यहाँबाट कसरी उछिट्टिएर आउँछन् हँ,
फिलुंगाहरु ?
हेर्दिन भनेर कसम खाएँ चोकसगँ
चोक आमा हो, जसको काखमा तिमी बसेकी हुन्छ्यौ
चोक धरातल हो, जहाँ तिमी उभिएकी हुन्छ्यौ
मैले तिमीलाई कीलर माउन्टेन भने तर मनमनै
यस्तो आरोप म तिम्रो आधारशिविर नपुगेरै लगाएँ
आफैँसग फतफत गरें, त्यसैले यो आरोप होईन
कहिलेकाहिँ त पहिरो पनि जाला नि सुन्दरी ! आखाँबाट
तिमीलाई सुन्दरी भन्ने मन थिएन
तर तिमी यही भनिन ब्युटी पार्लर जान्छ्यौ ।
म भन्छु, तिमी फूल बन्न नखोज
यो ओठ छ नी मान्छेको यहाँभित्र सबैका दात हुन्छन्
त्यसैले तिमी पनि भमँरा हौ र म पनि
तर कति सुन्दर देखिन्छ है त्यो ओठ
जसलाई लिपग्लसले जतिसक्दो रसिलो देखाउँछ्यौ
वरिपरि माहुरी नाचुन् भन्ने चाहन्छ्यौ
तिम्रो अनुहार पसलमा ठडिएको डमीजस्तो
अनेक थोक पहिरेर गाँठवाल ग्राहक कुर्छ ।
तिमी यसरी नै भविष्यलाई लिखितम गर्छ्यौ ।
ल, एकै चोटि विचार गरेर हेर त, तिमी सुनगाभा हौ
तर तिमी फूल होइनौ, केवल मान्छे हौ ।
Please follow and like us: