– सुस्मिता आचार्य “निलिमा”
बियाडमा गुँड नलगाऊ गौथली,
भन्न सकिदैन ।
तिम्रो गुँड सावुतै छाडेर
तिम्रा बचेराहरुको प्वाँख कुर्दैनन किसानहरु ।
भनेको तिमीले बुझ्ने भए !
बोलाउँथें ।
तिमी चारा खोज्दै पर पुगेका बेला
आलीमा थाँक्रो गाडेर
तिम्रो गुँड विस्थापित हुन्छ ।
तिमी गुँड नभेटेर विलाप गर्दा पनि
देखाउन सकिएन,तिम्रो गुँड दुरुस्त छ
र त्यहाँ रौं विहिन
वचेराहरु भोकले मुख च्यातिरहेछन् ।
साँझसम्म पनि तिमीले गुँड भेटेनौ
तिम्रा वचेरा लिएर
म चिच्याउँदै तिम्रो पछाडि दगुरें
तिमी अध्याँरोमा विलायौ,
मैले मेरो घरमा तिम्रा वचेरालाई वास दिएँ ।
रातभर निद्रा परेन ।
आखाँ नखुलेका वचेराहरुको श्वास
छातीमा तल-माथी गर्दै थियो ।
विहानै,म बारीमा फटेङ्ग्रा खोजिरहेको थिएँ
फर्कँदा,बिरालो
जिव्रोले मुख चाट्दै निस्कियो ।
भन्न सकिदैन ।
तिम्रो गुँड सावुतै छाडेर
तिम्रा बचेराहरुको प्वाँख कुर्दैनन किसानहरु ।
भनेको तिमीले बुझ्ने भए !
बोलाउँथें ।
तिमी चारा खोज्दै पर पुगेका बेला
आलीमा थाँक्रो गाडेर
तिम्रो गुँड विस्थापित हुन्छ ।
तिमी गुँड नभेटेर विलाप गर्दा पनि
देखाउन सकिएन,तिम्रो गुँड दुरुस्त छ
र त्यहाँ रौं विहिन
वचेराहरु भोकले मुख च्यातिरहेछन् ।
साँझसम्म पनि तिमीले गुँड भेटेनौ
तिम्रा वचेरा लिएर
म चिच्याउँदै तिम्रो पछाडि दगुरें
तिमी अध्याँरोमा विलायौ,
मैले मेरो घरमा तिम्रा वचेरालाई वास दिएँ ।
रातभर निद्रा परेन ।
आखाँ नखुलेका वचेराहरुको श्वास
छातीमा तल-माथी गर्दै थियो ।
विहानै,म बारीमा फटेङ्ग्रा खोजिरहेको थिएँ
फर्कँदा,बिरालो
जिव्रोले मुख चाट्दै निस्कियो ।
Please follow and like us: