– अशोकपार्थिव तामाङ
डाँको छोडेर रून्छ
अनि सम्झ मान्छे !
त्यो तिम्रो देश होइन
जब – जब करयाङ कुरूङहरूले ह्याकुला बजाउँदै
पश्चिम क्षितिजमा तिमीलाई निम्तो दिन्छ
पश्चिम क्षितिजमा तिमीलाई निम्तो दिन्छ
जब – जब शीतका थोपाहरू पनि विषाक्त हुन्छ
जब – जब आकाशमा गोलाबारूदको उत्सव हुनथाल्छ
जब – जब आकाशमा गोलाबारूदको उत्सव हुनथाल्छ
त्यो तिम्रो देश होइन
तिम्रो देश त्यस्तो छँदै थिएन
तिम्रो देशको तरूणी स्वाधिनतालाई
कसैले अपहरण गरेको छ ।
नत्र किन उ घुम्टो भित्र कैद छ युगौं सम्म ।
तिमीले अब बोल्नु पर्छ
तिमीले रहस्य खोतल्नु पर्छ
किन परदेश जाँदैछन् थुप्रै काकाकुलहरू
सुनखानी र हिराखानीको कथा पढेर
किन बस्तीहरू जाँड खाएर निदाएको छ
किन सपनाहरू बगर भरी अवशेष बन्न तयार छन्
तिमीले उत्खनन् गर्नै पर्छ
बाँच्दै मरेका मानविय कथाहरू
तिमीले व्यूताउँनु पर्छ
तर अफसोस् !
तिमी गुलेलीको मट्याङ्ग्रा भएको छौ
तिमी निर्दोष बचेराको छात्तीमा बजारिन्छौ
शिकारीको तृप्तीको लागी ।
बाँच्ने रहरहरू आत्महत्या गर्दा किन तिमी केहि सोच्दैनौ ?
जब – जब हत्केलामा हातोले तिम्रो
भाग्यका रानी रेखाहरूका पानी बिना अर्थ सुकाउँन थाल्छ
जब – जब तिमी अस्तित्व चुहिएर
तप्प – तप्प आँखाबाट बग्न थाल्छौ
अनि सम्झ मान्छे !
त्यो तिम्रो देश होइन
तिम्रो देश
मरूभूमीको शहर होइन
तिम्रो देश
एका देशको कथा पनि होइन
तिम्रो देशमा
स्वतन्त्रता हाँस्नु पर्छ
समानताको गाँठो कस्सिनुँ पर्छ
तर
लासहरू बेबारिस भएर गन्हाउँनु हुँदैन ।
जब – जब दिउँसो टुडिखेलमा फ्याउरोहरू कराउँन थाल्छन्
जब – जब मातृभुमीको मुटु बेच्ने शिखर सम्मेलन हुन थाल्छन्
अनि सम्झ मान्छे !
त्यो तिम्रो देश होइन
बहुला बिभुषणले ओढिएर भ्रमित चेतना बाँड्नेहरूको जगजगी छ
तिमीले देख्ने आस्थाको शिखरको धुरीमा
जब – जब यिनै गन्हाउँनेहरू भुक्न थाल्छन् विजयोत्सव
अनि सम्झ मान्छे !
त्यो तिम्रो देश होइन ।
यो अपसकुन हो
तिमीले तिम्रो देश खोज्न उठ्नु पर्छ।
तिमीले तिम्रो देश लिन जाग्नु पर्छ ।
तपेश्वरी १ , उदयपुर
हालः इजरायल
Please follow and like us: