नरोई बस्छु भन्छु  तर मान्दै -मान्दैन यो मन
सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन l
वियोगमा जले,पिडामा रोए
यो मन आशुले धेरै बेर धोए..
चर्कियो छाती, गर्जियो नयन
झरे आशुका बर्षात,
न तिम्ले गर्यौ न मैले गरे
खोई कस्ले गर्यो बिश्वाश घात..
रोई -कराई  बिछोडमा  त्यसै  गल्दैछ यो तन
सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन l
न मर्न सके, न बाच्न सके
मझधारमा म अलमल परे..
रोकियो श्वास, बन्द भो आवाज
तिम्रो घिडघिड़ो रह्यो,
चैत्रको हुरी बतासमा परि
कल्पनाको महल ढल्यो..
सहन  नसकी  बिछोडको घाउ  परे  म  रनथन
सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन l
नरोई बस्छु भन्छु  तर मान्दै -मान्दैन यो मन
सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन ll
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *