प्रेस बक्तब्य:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरको पुनर्गठन गरि सन् २०११-२०१३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ | डिसेम्बर २३, २०१० का दिन लन्डन स्थित इलिंगमा बसेको बेलायत च्याप्टरका निबर्तमान पदाधिकारीहरु, अनेसासका आजीवन सदस्यहरु लगायत अन्य वरिष्ठ नेपाली साहित्यकारहरुको भेलाले उक्त च्याप्टर पुनर्गठन कार्य सम्पन्न गरेको हो | यसअघि जुलाई २००८ मा गठित कार्यसमितिको म्याद समाप्त भै सकेको अवस्थामा अनेसास केन्द्रीय उपाध्यक्ष (युरोप क्षेत्र)श्रीमती जयालक्ष्मी राईको बिशेष पहलमा उक्त नयाँ कार्यसमिति गठन गरिएको हो |

पुनर्गठित कार्यसमितिमा सर्बश्री होम परिबाग अध्यक्षमा, जया राई र डा. रुपक श्रेष्ठ उपाधक्षमा, लक्ष्मी राई महासचिवमा, प्रकाश के.सी. सचिवमा र विकल आचार्य कोशाधक्षमा छानिनु भएको छ | च्याप्टरको सदस्यहरुमा सर्बश्री गोपी प्रसाई, शशी थापा, रुपक बनबासी, शुशिला कार्की र जोन नकर्मी रहनुभएको छ | संस्थाको सल्लाहकार तथा संरक्षकहरुको चयन आगामी बैठकले छान्ने योजना राखिएको छ |

पुनर्गठन पछि केन्द्रिय उपाधक्ष जयालक्ष्मी राईले निबर्तमान कार्यसमितिलाई बिशेष धन्यबाद दिंदै अनेसास केन्द्रीय कार्यालयको नीति र कार्यक्रम बमोजिम नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना, विकास एवं बिस्तारमा आगामी दिनहरुमा अझ सक्रिय रुपले काम गर्ने कुरा बताउनुभयो |

         पुनर्गठित पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा अत्यधिक संख्यामा नेपालीहरु रहेको वेलायतमा अन्य विभिन साहित्यिक संघ-सस्थाहरुसंग हातेमालो गरि अनेसासको उदेश्यबमोजिम वेलायत च्याप्टरले नेपाली भाषा साहित्यको सेवाकार्य गर्न प्रभावकारी कार्यक्रमहरु गर्ने, साहित्यिक प्रकाशनहरु गर्ने गराउने, नेपालभित्रका सबै भाषाभाषीहरुको सम्मान र कदर गर्दै नेपाली भाषाको बिशिष्ठ पहिचान बनाउने कार्यमा बेलायत च्याप्टर सक्षम होस्, यस च्याप्टरको कार्यबाट हामी डायस्पोरामा रहेका नेपालीहरुले आफ्नोपनमा गर्व गर्न सकौं भन्दै अनेसास केन्द्रीय अध्यक्ष श्री ज्ञानेन्द्र गदालले नवगठित कार्य-समितिको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभएको छ |

डा. रुपक श्रेष्ठ
उपाधक्ष, अनेसास बेलायत च्याप्टर |

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *