– अनुप जोशी ‘प्रतित’
जँहा कालो वादल हट्छ,
त्यहाँ एक नगरी बन्नेछ साथी !
अनि लोकले समस्त प्रकारका गीत गाऊन सक्नेछन् ।
तब , तिमी र म पनि सँगै गाउनेछौ ,साथी ।
यद्दपी तिमी धनी छौ , उच्च जातका हौ ।
तर म एक निच जातको गरीब मजदुर ।
सोषण र सामाजिक कुसंस्कार खेपी हुर्किएको म,
अनि अत्याचार गरी पोषिएको तिमी ।
तर , अब आऊ त्यो कालो बादल हटाँऊ , साथी !
अनि तिमी र म सँगै एक गीत गाऊँ ।
तर त्यो एक दु : खी गीत बन्नेछ , साथी !
किनकी हामी त्यस गीतको राग जान्दैनौँ ।
वास्तवमै त्यो राग सिक्न मुश्किल छ ।
तापनि हामी सिक्न सक्छौँ साथी ,तिमी र म ।
आऊ हातमा हात मिलाऊँ , स्वरमा स्वर मिलाऊँ ,साथी
तिमी ईश्वरलाई पुज्छौ
अनि म पनि त आस्तिक ।
हाम्रो ईश्वर त एक हो ।
हामीले जुन धर्म मानेपनि ।
कुन ईश्वरले प्राणीलाई भेदभाव गर्या छ र ?
कुन ग्रन्थले उचनिचको शिक्षा दिन्छ र ?
ईश्वर त सबैको साझा हो , सबैका लागि समान हो ।
यथार्थमा , बाह्मणको सुर भनेर कुनै सुर छैन ।
क्षत्रीको सुर भनेर कुनै सुर छैन ।
वैष्यको ताल भनेर कुनै ताल छैन ।
अनि शुद्रको राग भनेर कुनै राग छैन ।
त्यहाँ त केवल सङ्गीत छ ।
केवल सङ्गीत छ , साथी !
र त्यो सङ्गीत हो , जुन हामी गाउने छौँ
हो , हामी त्यो कालो वादल हटाँऊ , साथी
एक सुन्दर नगरी बनाऊँ , साथी
अनि सँधै एकै किसिमको गीत गाऊँ साथी , तिमी र म ॥
(हाम्रो समाजमा जरा गाढी बसेका छुवाछुत र जातीय विभेद जस्ता कुसंस्कारको विरुद्धमा आवाज उठाउने जमर्को गरेँ यो कवितामा ! हजुरको अमूल्य सुझाबको पर्खाइमा छु । कृपया अफ्ट्यारो नमानिकन कमेन्ट गर्नुहोला )