२०६७ मङ्सिर २८गते मङ्गलवार महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागद्वारा आयोजित “बहुरङ्गवादका बाटामाएथेन्सको झरी परिचर्चा कार्यक्रम”मा प्रस्तुत टिप्पणी
कबितामा छोटा हुने भए वर्णन ।
कथा बेपात्रका हुने भए मेरा पातला अक्षरहरू र शब्दहरूमा ।
बरु नियात्रामा नै टम्म बा““धू झै लाग्यो । (एथेन्सको झरी पृष्ट ३५)
त्यस्तै यसै नियात्रा सङ्ग्रहको आफ्नो भूमिकामा नियात्राकार केदार सुनुवार ‘सङ्केत’ लेख्नुहुन्छः
आफूले घुमेका ठाउ“लाई कथात्मक पाराले वर्णन गरेर अरु पाठकहरूलाई पनि त्यहा“सम्म पुुर्याएर मनोरञ्जन दिलाउनु निय।त्राको विशेषता हो भन्ठान्छु । यहा“ लेखिने शैली, वर्णन गरिने आफ्ना निजी भ्ाँव र लेखकले भोगेका, अनुभव गरेका अनुभूतिहरूको उपज भएर होला यो विधा अरुभन्दा रसिलो ह“ुदै फुल्न थाल्यो झन् आजभोलि त ।
साहित्यका अरु विधाहरूको शक्तिलाई कम आ“केको जस्तो देखिए पनि नियात्रा उपविधामाथिको यो अगाध विश्वासका साथ लेखिएको कृति एथेन्सको झरी(२०६७)मा जीवन एक युद्धभूमि भएको स्वीकार गरिएको छ । मानव आत्मा वा मन इराकमा आतंकवादीहरूले गरेको रकेट प्रहारको समयमा धुलाम्मे भूइ“मा तीन मिनेटसम्म चिप्ले किरा झै“ लम्पसार परेर त्यसपछि ट्रेन्चमा छिर्न पाउने आशा र सम्भावना भएको समयमा प्राप्त हुने अनुभूतिको स्थितिले बनेको कुरा सङ्ग्रहकै सबै भन्दा बढी भावनात्मक नियात्रा “इराकका रातहरू”को अन्त्यतिर उल्लेख गरिएको छ । नियात्राकार केदार सङ्केतले किशोरावस्थामा काठमाडा“ै—रामेछापको यात्रा गर्दादेखिका अनुभव र अनुभूतिहरूस“ग बेलायती सेनामा कार्यरत रह“दाका सुख र दुःखका अनुभवहरूका साथमा अवकास प्राप्त सैनिक जीवनमा फेरि एक पटक इराक युद्धमा सामेल हु“दा र बेलायतमा स्थायी बसोबास गर्ने मौका मिलेर नेपाली कला, संस्कृति र साहित्यको सेवामा लाग्न पाउ“दाको हर्ष समेत समेट्नु भएको छ यस सङ्ग्रहमा । जीनवलाई यात्राको मान्दै “यात्रा न हो जीवन, कहा“ पुगि“दो रहेछ, रहेछ । कहिले बैरीको पोथ्रामा, कहिले कल्पवृक्षको निर्छलो धाममा”(६०) भनिएको छ ।
यात्रामा जाने व्यक्तिले आफूस“ग आफ्नै संस्कारले दिएको दृष्टिकोण, मान्छेले सदैब बोक्ने आकाङ्क्षा, नया“ परिवेशमा प्राप्त हुन सक्ने खुशीको अभिलाषा, दुःखको सम्भावना र सचेतता अनि यी सबैको समग्रतामा सिर्जना हुन जाने जीवनको नाटकमा आफ्नो पात्रीय उपस्थिति पाउ“दछ । उसले यात्राको क्रममा भेट्ने प्रत्येक कुराहरु यिनैका आधारमा अनुभूत र विवेचित हुन्छन् । देसकै आ“खाले परदेश हेरिने गरि“दो रहेछ । विवेकको धरातल रहेछ देस । नेपाली साहित्यमा देसभित्र वा डायस्पोरामा रहेर कलम चलाउने प्रायः सबै नियात्राकारहरूले नया“ ठाउ“को विकास, चेतना र उन्नति देख्दा नेपालमा चाहि“ यस्तो किन भएन होला भनेर धारिलो टिप्पणी गर्ने र नेपालकै जस्तो अवस्था र पछौटेपनको सम्पर्कमा आउ“दा आखिर अन्यत्र पनि यस्तै त रहेछ भनेर दुःखलाई सामान्यीकरण गर्ने गर्नु भएको पाइन्छ । प्रकृतिको वर्णनमा नेपालको रमणीयता र उच्चताले परदेश र विदेशमा रह“दा पनि नियात्राकारहरूको छाती गर्वले फूलेका कैया“ै उदाहरणहरू पाइन्छन् । यसरी कुनै न कुनै रुपमा वेलावेलामा झड्का दिन आइ रहने देस सङ्केतका नियात्राभरि पुनः प्राकृतिक शक्ति, वर्तम्ाँन निराशा र भविष्यका कैया“ै सम्भावनाहरू बोकेर उपस्थित छ ।
एक ठाउ“बाट जरै समेत उखेलेर अर्को ठाउ“मा सारिएको विरुवा जस्तै नेपालबाट स्थायी बसोबासका लागि बेलायत सरेका कैयौ“ भूतपूर्व बेलायती सेनाका जवानहरूकै लहरमा उभिनु भएका सङ्केत मनभरि नेपालको माटो, भाषा, साहित्य र संस्कृतिको माया बोकेरै मौलाउने कसम खानु भए जस्ता लाग्नु हुन्छ नियात्राभरि । त्यसैले त नेपाली डायस्पोराको भौतिक र मानसिक दुवै यथार्थहरूको चित्र उतार्ने सक्षमता मिलेको छ नेपाललाई केन्द्रमा राखेर । तर दयाकृष्ण राईको यसै संग्रहको भूमिका पढेपछि एउटा प्रवृत्तिले मनमा बारम्बार धक्का लगाइ रह्यो । उहा“ लेख्न हुन्छः “मानिसको पूर्खा अफ्रिकाको चिम्पान्जी हो ।” तथ्य सही हो भने हेरा“ै आजको अफ्रिकालाई, जहा“ मान्छेको सा“च्चै उत्पत्ति भएको रहेछ । हेरा“ै त्यहा“को वर्तमान रोग, भोक, अशिक्षा र पछौटेपनलाई । संसारका अन्य भागहरु चन्द्रमाको समकक्षी भइ सक्दा पनि अफ्रिका अन्धकारको केन्द्रका रुपमा चिनिन्छ अझै । आज संसारभरिका मान्छेले अफ्रिकालाई माया होइन, दया गर्छन् र बारम्बार झार्छन गोहीका आ“सु । तर त्यहा“ गएर त्यही“कै स्थायी बासिन्दा भएर त्यसको समुन्नतिमा लाग्ने हिम्मत कसले गरेको छ ? व्यापार र साम्राज्य विस्तारको क्रममा युरोपियनहरू त्यहा“ पुगेको कुरा बेग्लै हो । यो मानवीय प्रवृत्ति नै रहेछ कि कसो आफूचाहि“ सुविधा सम्पन्न ठाउ“तिर बसाइ सर्ने र जन्मस्थानलाई पछौटेको रुपमा दया देखाइ रहने । धेरै डायस्पोरिक लेखनहरूमा नेपाललाई गरिएको दया आज हामीले अफ्रिकालाई गरेको दयाभन्दा फरक लाग्दैन । नेपालमा नै बसेर सिर्जनाको मूल फुटाउन तयार छु भन्ने अभिव्यक्ति र चाहना असाध्यै कम डायस्पोरिक लेखनमा पाएको छु मैले, मेरो सिमित अध्ययनको परिधिमा । एकछिन सोचा“ै त, लेख र अभिव्यक्तिहरूमा चाहेजस्तो संसारमा छरिएर रहेका नेपालीहरूको सिर्जना शक्तिको सानो अंश पनि यस देसको उत्थानमा प्रयोग गर्नसके विदेशी भूमिमा बसेर त्यही“को उन्नतिको सहायक बन्दै नेपाललाई दयाको पात्र मानेर महान कर्म गरिरहेको छु भन्ने आडम्बर देखाउनु पर्ने थिएन कि ? तथापि पैसाको(डलरको) सिरानी लगाएर देसमाथि गोहीका अ“ासु खसाउनेहरुको झुन्डभन्दा फरक हुनहुन्छ नेपाली भाषा साहित्यको सेवामा लगातार लागि रहनु हुने केदार सङ्केत र अन्य कैया“ै डायस्पोरिक लेखनमा प्रतिवद्ध नेपाली मूलका व्यक्तित्वहरू । विश्वास गर्न सकिन्छ, लेखन भित्र बेलाबेलामा आइरहने अभिव्यक्तिहरूले पढ्ने र पढेको कुरा बुझ्ने क्षमता राख्नेहरूलाई नेपालमा आफ्नो भूमिकाको आवश्यकता बोधको झड्का अवश्य लगाउने छन् । असल कर्मको लागि झक्झक्याउने छन् । आफ्नो जरातिर फर्केर धरातल खुट्टयाउने मौका प्रदान गर्ने छन् । यही“ पाइन्छ यस्ता लेखन र केदारको पनि लेखनको महŒव र शक्ति । यसको साथै एउटा सैनिक जवानले मृत्यु सध“ै छातीदेखि अ“ाखासम्म टा“गिइ रह“दा पनि लगातार गरेको भाषा, साहित्य र संस्कृति माथिको यो मेहनत र सेवाले नेपाल भित्रै रहेर आपूmलाई बौद्धिक ठान्ने र त्यही स्वा“ङमा जीवन भर एक मिनेट पनि भाषा, साहित्य र संस्कृतिको उन्नतिका लागि उभार्न नसक्ने, तर फजुल गफमा घन्टा“ै खर्च गर्न सक्नेहरूलाई सानै भए पनि असल पाठ सिकाउला कि ? त्यसो हुन सके यो नियात्रा सङ्ग्रह सफल भएको मानिनेछ ।
एक भिन्न सङ्ग्रहको रुपमा विवेचना गर्नु पर्दा निम्न लिखित शक्तिहरूका साथ उपस्थित छ यो कृति ।
१. सैनिक जीवनको चित्रण
लेखकको जीवनको यथार्थ नियात्रामा आउने भएकाले सङ्केतको सैनिक जीवनका अनुभव र अनुभूतिहरूले रङ्गिएको छ यो सङ्ग्रह । बेलायती सेनाका नेपाली जवानहरूको नियतिको यथार्थ चित्र र त्यसकै सेरोफेरोका मानवीय संवेदनाहरूको संग्रह हो यो । लेखिएको छः
हेर, गर्वका साथ लड्न आएका हामी१ अर्काको देशका लागि । तर हाम्रो मनमा लड्नुभन्दा पनि बेरोजगारीको भुट्भुटी थियो । रोजीरोटीको खोजी थियो । नेपाल सरकारले रोजगारीको व्यवस्था गरि दिएको भए आज आएर लाखा“ै नेपाली युवाहरु क“ाधमा का“ध मिलाएर नेपालमै बस्थे होलान् । — सा“च्चै हामी बेचिएका मान्छे । लिलामी भन्दा पनि हुन्छ । दसा“ै हजारमा छानिएका । दस“ैमा कलङ्कीमा राखेका बिक्रीका भेडाबाख्रा झ“ै । —सकारले बेचेका । —राष्ट्रले बेचेका १
बेलायत सरकारलाई २०० वर्ष पहिलेदेखि यदि नबेचिएका भए हामी किन आज अर्काको भूमिमा डायस्पोराका डोबहरू खन्दै आधी सन्तान नेपाल अनि आधी बेलायतमा बसेर छट्टिनु पथ्र्यो होला र ? न म आज भाग्यमानी सम्झिन्छु न अभागी नै, कर्ममा कोरिएका धर्साहरू, रेखाहरू आफ्नै हातका हेर्दै निरन्तर अगाडि बढ्दै छु ।(११ंं—१२)
सैनिक जीवनको अर्को क्षणले झन मन छुन्छ । लेखिएको छः
घरबाट बिदाइ ह“ुदा एक्कासि मन भक्कानिएर आयो । दुबै छोरीलाई अ“गालामा बा“धे । सम्भव थियो त त्यो चाहन्नथे । म सध“ै यसरी नै अ“गालामा बा“धि रह“ू, बसि रहू“ ।(५५)
यसरी सैनिक जीवनको समग्रता समेटिएको छ ।
२. डायस्पोरा साहित्य र यसको महŒव
निम्न कविताले यी दुवै कुरा एक साथ झल्काउ“दछः
आफै“ लेख्दै छा“ै
आफ्ना नलेखिएका कथाहरू
आफ“ै पुर्र्दैछौ“
मनकै ओखतीले
गोलीले छेडिएका मनहरू । (१२)
एउटा नियात्रामा पूरै नेपालको सन्दर्भ उठाइए बाहेकका अन्य समग्र नियात्राहरू संसारका अन्य स्थानहरूको भौतिक, मानसिक र व्यावहारिक अवस्थाको बारेमा एक आप्रवासी नेपालीको दृष्टिकोण झल्काउने खालका छन् ।
३. भाषाको रचनात्मक प्रयोग
प्रायः सामान्य बोलीच्ाँलीको भाषा नै प्रयोग गरिएको भए पनि निकै ठाउ“मा बिम्बात्मक अभिव्यक्तिहरूको प्रशस्त उपयोग गरिएको पाइन्छ । जस्तैः
बादलका हुलहरू छिन्नभिन्न भएका छन् आकाशमा, पुलिसले लाठीचार्ज गर्दा मानिसहरू तितरबितर भए झ“ै ।(५)
गन्ठ्याङमन्ठ्याङ नमिलेका दाह्रे दा“तजस्ता जमिन ।(२०)
काव्यिक शैलीको अप्रत्यक्ष अर्थको लागि पनि भाषाको प्रयोग गरिएको पाइन्छ । जस्तैः
एथेन्स निद्राबाट नबिउ“झिदै म उसका पवित्र अङ्गहरूलाई चुम्न भ्याइ सकेको हुन्छु । निद्रा बिथोलि सकेको हुन्छु । (३४)
हाम्रा अगाडि पहाडहरू तेर्सिरहेका थिए, कर्तव्य, वाध्यता र जीवन रथका अनगिन्ति अनिश्चित पहाडैपहाड ।(४४)
अफगानी भूमिमा कार्यरत युवा सैनिकको निम्न चित्र र यसको भाव सुन्दर तर मार्मिक छः “नुन खोर्सानी चटक्क लागेको तरकारी जस्तै देखिन्थ्यो” । यस चित्रात्मक वाक्यले युद्धको परिणामको सङ्केत गर्दछ । युद्धले मान्छेलाई मिठो मानेर स्वादसित खाने नियतिको कलात्मक—काव्यिक प्रस्तुति हो यो ।
४. प्रकृतिको वर्णन र मानवमा त्यसको प्रभाव
नियात्राकारलाई प्रत्येक ठाउ“मा पुग्दा पहिलो पटक प्रकृतिले आकर्षण गरेका कैयौ“ उदाहरणहरू छन् सङ्ग्रहमा । साथै प्रकृतिले भावकमा पार्न सक्ने प्रभावलाई पनि निम्न वर्णनहरूले प्रष्ट्याएका छन्ः
यहा“का सुन्दर प्राकृतिक छटाहरुले भर्दै थियो मेरो मन पनि रङ्गैरङ्गले । (२१)
एकपछि अर्को पत्र देखिने सयपत्री पूmलजस्तै यहा“का पहाडले तिर्सना बढाइ रहे । हाम्रो थकाइले कता टाप कस्यो, पत्तै भएन ।(२२)
एक्कासी हामी धान फुलेका पह“ेलपुर बेसी खेतमा पुग्यौ“ । हाम्रा मनहरु झुले एकछिन त धानका बालाहरू झ“ै ।(४४)
५. मानवीय स्वतन्त्रताको आवश्यकता र त्यसको सामयिक प्रयोग
स्वतन्त्रता प्रत्येक व्यक्तिको प्रथम आकाङ्क्षा हो । यस नियात्राकारको पनि यसमा फरकपन नभएका उदाहरण र प्रमाणहरू पाइन्छन् कृतिभरि । यसको एउटा उदाहरण हो कम्पनीले तोकेको काम सकेपछि लन्डनको एउटा सांस्कृतिक कार्यक्रमको संयोजन गर्न अरुभन्दा २ दिन अगाडि टिकट माग्दा गोर्खाली पल्टनभित्र परम्परागत रुपमा रह“दै आएको “कम्पनीका भरौटे कमान्डरहरूको हैकमवादी मनोभाव र यथास्थितिको कायरतापन”(२७)को कारणले त्यो सम्भव नभएपछि आफ्नै खर्चमा इराकबाट एथेन्स हु“दै बेलायत प्रस्थानको प्रसङ्ग । एथेन्स र त्यहा“को भ्रमण वास्तवमा स्वतन्त्रता, समृद्धि, कला, चेतना र भावनात्मक सभ्यताको शिखर रुपको प्रतीक हो । एथेन्स भ्रमणको प्रसङ्ग, त्यहा“को वर्णन, अनि त्यसैको आधारमा तय गरिएको नियात्रा र नियात्रा सङ्ग्रहको शीर्षक समेतले यो आधारभूत मानवीय इच्छा, आवश्यकता र कलामा यसको सामयिक प्रयोगलाई प्रस्ट्याउन सघाउ“दछन् ।
६.अध्ययनको महŒव
घन्टा“ै फोस्रा गफ गरेर समय खेर फाल्नेहरूलाई पश्चिमा(युरोपियन)हरूको अध्ययनको मोहका प्रशस्त उदाहरणहरू प्रस्तुत गरेर नियात्राकारले झक्झक्याउनु भएको छ । सैनिक अपरेसनको समयमा पनि केही मिनेट समय उभ्रदा “फिरङ्गीले उपन्यास पढ्न थाल्यो, चुच्चे नाकको डा“डीमा चस्मा मिलाउदै” (३९) भन्ने प्रसङ्ग होस् वा “कुइरेहरु शान्ततवरले चुपचाप छन् । उभिएर भए पनि … पढेका छन्” (४५) भन्ने लन्डनको रेल यात्राको प्रसङ्ग यसका केही उदाहरण हुन् । यो पढि रह“दा सम्झना हुन्छ वरिष्ठ नेपाली साहित्यकार डायमन्ड समसेरको गरिमा २०६७ कात्तिक अङ्कमा प्रकाशित अन्तर्वाताको शीर्ष वाक्य । उहा भन्नुहुन्छः “सबैका हात हातमा प्रेमपूर्वक पुस्तक हुने हो भने, पुस्तकको मर्यादा बुझ्ने हो भने यो देश बन्छ ।” (पृष्ट १०३)
७. संरचना
नेपालकै ग्रामीण जीवनको चित्रण गर्ने नियात्राबाट यो संग्रह सुरु गरेर विस्तारै बाहिरी संसारतिरका प्रसङ्गहरूको संकलन प्रस्तुत गरे पनि कृतिको संरचनामा त्यस्तो कुनै प्रभावकारी विधि अपनाइएको पाइ“दैन । आफूलाई चिनेर मात्र अरुको बारेमा बोल्नु ठीक हुन्छ भन्ने अप्रत्यक्ष सन्देश दिने संरचना भए पनि रचना र प्रस्तुति परम्परागत नै लाग्दछन् ।
८. देसप्रेम र वर्तमान स्थितिको सुधारको कामना
प्रायः नियात्राहरूमा स्मृतिको बिम्ब बनेर आउ“ने देश र देशप्रेमको स्वच्छ भावना यस कृतिमा पनि प्रशस्त पाइन्छ । नियात्राकार लेख्नहुन्छः “तामे डा“डा र हिमाल गौरी शङ्करको दर्शनमा टम्म रमाउने मन विदेशमा कतै आजसम्म रमिएन । हाम्रा पहाड, पर्वत, हिमाल खोलानाला भनेका हाम्रै हुुन् । जसको तिर्सना मेट्न अरु देसमा सजिलै पाइन्न । खोजेर सकिन्न भेट्टाउन । बागमती गन्हाए पनि, सुके पनि त्यसको महŒव अर्कै छ” (२९) ।
सध“ै असन्तुष्ट डायस्पोरिक चेतको नमूना तलको भनाइले पनि देसप्रेमलाई उजागर गर्दछः “बिहानीको घामले नुहाएर म नरम भएको छु यतिखेर । बेलायती घाममा नुहाउनु, बेलायती हावामा चिसिनुको जस्तो मजा, स्वदेशको भन्दा अर्कै कटमेरो स्वाद । हर्राेको जस्तो टर्रो स्वाद” (६३) । ताना शर्माको नियात्रा माथि टिप्पणी गर्दै सङ्केतले व्यक्त गर्नु भएको निम्न भनाइले पनि थप प्रमाण पेश गर्दछ देशप्रेमकोः “ठूला पानी जहाज आउ“दा लन्डन ब्रिज बिचैमा भा“चिदा चस्स दुख्यो होला मुटु राप्तीको झोलुङ्गे पुल सम्झेर । थेम्स सुसाउ“दा बागमती सम्झे हुन् रातभर चिसो ओछ्यानमा”(६४) ।
तर यति बिघ्न माया गरेको देशको वर्तमान दुर्दशा देखेर यसको सुधारका लागि कामना गर्दै दिइएका प्रशस्त अभिव्यक्तिहरू छन् कृतिमा । केही उदाहरणः
आजकल सबै नेपालीहरूले समयलाई ध्यानमा राखेर ट्राफिकको नियम पालना गरे किन हरन बजाइ बस्न पथ्र्यो र ?(२)
यो वर्तमान नेपाली समाजमा विद्यमान अकर्मण्यता र उत्तरदायिŒव विहिनता माथिको साङ्केतिक प्रहार हो ।
२४ घन्टामा १४ घन्टा नै सुतेपछि हामी कति पछाडि धकेलिदै छौ ?(७)
साथै देसमा बसेर बिवेकहीन काम गर्नेहरूको कर्तव्य विहीनता माथिका चोटिला प्रहारहरूको माध्यमले पनि सुधारका तीव्र कामनाहरू व्यक्त गरिएका छन् । उदाहरणका लागिः
लिङ्ग, वर्ण र जातिŒवलाई आधार बनाएर अगाडि बढ्न, निमुखा जनतालाई शिक्षामा उन्मुक्त(उन्मुख) गराउन भन्दा पनि बित्थाको रगत उम्लने भाषणले सोझा नेपाली जनतालाई कुबाटोतर्फ डाइभर्ट गराउनाले फेरि एकचोटी मन दुख्न थालेको छ मेरो । के अब हामी मुस्लिम र हिन्दु, बुद्धिस्ट र क्रिश्चियन अथवा जात र जातिŒवलाई आधार मानेर लडाइ“ लड्ने कि देश विकासको लागि एकजुट भएर अगाडि बढ्ने भावनात्मक शैली गुथ्ने ? सबै क्षेत्रबाट सचेत बन्न नितान्त आवश्यक ठान्छु म । हामीले आज आएर फेरि पछाडि फर्केर हेर्नुभन्दा अगाडि बढ्ने बाटो बनाउन जरुरी छ ।(८०)
डायस्पोरालाई पनि एक टुक्रा सल्लाह छ सङ्केतकोः “जीवन हो । मृत्य हो । उमेर हो । उमेर छ“दाको यौवन हो । तर डलर नै सबैथोक होइन”(८१) ।
९. भूमिका लेखन
यस नियात्रा सङ्ग्रहका भूमिकाकारहरूमा नियात्राकारहरूलाई नै उभ्याउनु यसको अर्को सुन्दर पक्ष हो । आपूm नियात्रा नलेख्नेहरूले नियात्राको शैलीमाथि गरेको टिप्पणी एउटा पुरुषले गर्भधारण र प्रसुतिका हर्ष र वेदनामाथि गरेको टिप्पणी जस्तो हुन जान्छ । आफू सर्जक नभएको विधाको सबलता र दुर्बलता केलाउने दुस्साहस नगर्ने हो भने साहित्यको असली समालोचनाको विकासको सम्भावना रहन्छ नेपाली साहित्यको सन्दर्भमा । अपरिपक्व टिप्पणीभन्दा टिप्पणीविहीनता बढी सुन्दर कुरा हो साहित्यमा । तर लेखनको एकोहोरो प्रशंसा मात्र गर्ने शैलीका यी भूमिकाहरूको पनि अवस्था त उस्तै देखिन्छ । नेपाली साहित्यले एकोहोरो प्रशंसाभन्दा माथि उठेका समालोचकीय भूमिका पाएको दिन मात्र उन्नतिको बाटो समात्ने छ सा“चो अर्थमा । यसको साथै जम्मा ८१ पृष्टको नियात्राको भूमिका र टिप्पणी गरी ४१ पृष्ट छ । यो पुस्तकले भूमिकाको असुहाउ“दिलो भारी बोकेर ढाड कुप्राएर हिड्नु पर्ने बाध्यता झेलेको देखिन्छ । भूमिकालाई अनावश्यक विज्ञापनको रुपमा मात्र प्रस्तुत गर्नु पनि सुन्दर साहित्यको शुद्ध कर्ममा पर्दैन कि ? एउटा सन्तुलित भूमिका एक असल पुस्तकका लागि प्रर्याप्त छ ।
१०. तथ्य, जानकारी र भावकको अनुभूति
नियात्रा सङ्ग्रह भएकाले तथ्यहरू पर्याप्त छन् र पाठकहरूले प्रशस्त तथ्यपरक जानकारी प्राप्त गर्दछन् । तर केही तथ्यहरु बेठीक पनि भएकाले बा“की तथ्यहरूको सत्यमाथि पनि प्रश्न उठेको छ । जस्तै लेखिएको छः “कोलम्बसले अमेरिका खोज्दा भारत पत्ता लगाए ” । ठीक उल्टो भयो । इतिहासले त भारत खोज्दा अमेरिका पत्ता लागेको तथ्य प्रस्तुत गर्दै आएको छ आजसम्म । लेखनमा शोधको प्रशस्त आवश्यकता छ । त्यसमा पनि नियात्रा त तथ्यमा आधारित हुने भएकाले शोध बाहेक सम्भव नै छैन भन्ने आधारभूत मान्यतालाई नै आत्मसात नगरिएको त होइन कतै ? काठमाडा“ैबाट जिरी जा“दा बाटोमा दुध कोसी भेटियो भन्ने प्रसङ्गले नेपालको भौगोलिक जानकारीको नियात्राकारमा पर्याप्त अभाव रहेको मात्र सङ्केत गर्दैन, आफ्नै थातबास भनेको रामेछापको बाटोमा पर्ने प्रसिद्ध नदीको नामको ज्ञान पनि नहुुनुले कतै यस सङ्ग्रहभरिका सबै तथ्यहरू अनुमान नै मात्र त होइनन् भन्ने आशङ्का पनि उब्जिन सक्छ । यसले यस कृतिको महŒव र मूल्य छ्वाङ्गै घटाएको छ । यो दुःखको कुरा हो ।
नियात्राका निकैओटा प्रसङ्गहरूले मन निकै राम्ररी छुने भए पनि त्यस्तै अन्य मन छुने प्रसङ्गहरूको मात्रा बढाउन सकिने सम्भावना बोकेका अवस्थाहरू प्नि सामान्य जानकारीमा नै टुङग्याइएका उदाहरणहरू प्नि बोकेको छ यो सङ्ग्रहले । हतार साहित्यको लागि घातक कुरा हो । कुनै पनि साहित्यिक रचना पढ्दा वा सुन्दा एकाएक मनमा भावनाका तरङ्गहरू पलाएर ग्रहण(पठन वा श्रवण)को अवधिभर लगातार कायम रहेनन् भने त्यो रचनाको शक्ति र मुल्यमा केही न केही कमी छ कि भन्ने लागिरहन्छ मलाई । सायद सबैलाई यस्तै हुुन्छ कि ?
प्रत्येक नियात्राको सुरुवात अर्का एक प्रसिद्ध नियात्राकारको प्रसिद्ध नियात्राका चोटिला उद्धरणबाट गर्नु र नेपाली उखान तुक्काहरूको यथेष्ट प्रयोग हुनु यस सङ्ग्रहलाई सुन्दर पार्ने अरु थप दुुई पक्ष हुन् ।
समग्रमा डा. लाल श्याकारेलु रापचाका निम्न भनाइहरूले यस नियात्रा सङ्ग्रहको मूल कुुरा प्रकाश पार्दछन्ः
बाउ—बाजेको बिंडो थाम्दै बेलायती साम्राज्य अन्तर्गत सैनिकशक्तिको मूल बाटो पछ्याउ“दै विश्व नक्सामा १६ भन्दा बढी राष्ट्रहरू चाहरि सक्दा तिनको कतिपय सीमा रेखाहरूभरि नै उनी कतै भोक भएर रुझेका छन् । कतै तिर्खा भएर रुझेका छन्, कतै बै“स उर्लेर रुझेका छन् । कतै किरा“तीछापको सुगन्ध भएर रुझेका छन् भने कतै राष्ट्रियताको आक्रोश भएर रुझेका छन् ।
ramjitimalsina@yahoo.com
(&$@)!*)%@
Please follow and like us: