‘देउरालीमा एक थुंगा पूल’
दश वर्ष अघि विभाजन भएको नेपाल कै अग्रणी नाट्यसंस्था अनामको एकीकरण भएको छ । गएको हप्ता धरानमा आयोजित एक कार्यक्रमका बीचमा एकीकरणको घोषणा गरिएको छ । दुवै अनामका रंगकर्मीहरु तथा पुराना कलाकारहरु, विभिन्न नाट्य संस्थाका कलाकारहरु, सञ्चारकर्मीहरु समेतको विशेष भेला आयोजना गरी सो घोषणा गरिएको थियो ।
धराने रंगकर्मको आधुनिककालको पहिलो नाटक ‘देउरालीमा एक थुंगा पूल’ का निर्देशक राजकुमार मादेनको प्रमुख आतिथ्य तथा प्रेम सुब्बाको सभापतित्वमा भएको उक्त भेलामा रंगकर्मी राजेन्द्र रिमालले एकीकरणको घोषणा गरेका थिए । उक्त घोषणा गर्दा उपस्थित सम्पूर्ण रंगकर्मीहरुले करतल ध्वनिका साथ स्वागत गरेका थिए ।
भेलामा रंगकर्मी विनोद श्रेष्ठले विभाजनले हामीलाई धेरै पाठ पढाएको बताउ“दै आगामी दिनमा नेपाली रंगकर्मका लागि आºनो स्थानबाट गर्नसक्ने जति गरिरहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी विशाल भण्डारीले पनि विगतमा जुंगाको लडाईले गर्दा अनामको विभाजन भएको तर समयले त्यो गलत रहेछ भन्ने प्रमाणित गरेको बताएका थिए । कार्यक्रममा कुलचन्द्र न्यौपानेले आगामी दिनहरुमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी भेलामा रंगकर्मीहरु राजीव आचार्य, सुवर्ण पलिखे, विक्रम सिंह, आदिले बोल्दै अनामको आगामी दिनको सफलताको कामना गरेका थिए । अन्य समुहका कलाकारहरुलाई अनाममा काम गर्नका लागि स“धै सहजता भएको कारणले पनि अनाम प्रति आत्मीयता रहेको भेलामा चर्चा गरिएको थियो ।
भेलामा बोल्दै कलाकार बिक्रमश्रीले आफुलाई आºनै घर फिरे जस्तो महशुश भएको बताए । भेलामा बोल्दै पत्रकार भवानी बराल, गंगा बरालले अनामलाई शुभकामना दिएका थिए । पत्रकार हर्ष सुब्बाले अनामले धरानबाट नेपालको रंगमञ्चमा गम्भीर रंगकर्मको शुरुवात गरेको बताउ“दै अनामको विभाजनले नेपाली रंगकर्ममा परेको क्षतिको बारेमा समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा रंगकर्मी सुवास थापाले अनाम विभाजनको दिन प्रकृति पनि खुशी नभएको भन्दै उक्त दिन ठूलो आ“धी हुरी आएको स्मरण गरेका थिए । रंगकर्मी राजेन्द्र रिमालले अब विगत दश वर्ष देखि अस्तित्वमा रहेको ‘कुन अनामको ?’ भन्ने प्रश्नको सदाको लागि अन्त्य भएको बताएका थिए । एकीकरण पछि अन्य प्राविधिक कुरा सहमतिमा मिलाउ“दै जाने पनि निर्णय गरिएको छ ।
अचेल हङकङ बस्नुहुने रंगकर्मी राजकुमार मादेनले यस्तो महत्वपूर्ण कार्यक्रमको साक्षी हुन पाउनु आºनो लागि हर्षको क्षण भएको भन्दै ऊबेलाको संस्मरण गर्नु भएको थियो । सभापतिको आसनबाट रंगकर्मी प्रेम सुब्बाले विगतमा भएको गल्तीले निकै पीडा भएको भए पनि अबका दिनमा अझ बढी सक्रियताका साथ विगतका खाडल पुर्न जरुरी रहेको बताएका थिए ।