(१) जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी। (२)मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे आफन्तलाई जहाज मा राखेर मख्ख परे ईतिहास ले खोल्नेछ यिनको पोल तर जन चाहनाको बिरुवा भाचेर मख्ख परे। (३)लालच मान्छेले न कैले अरुलाई मानेको छ मान्छेले त हारलाई जीत ठानेको छ यि सबै मिथ्या जानेर पनि सधैं मान्छेलाई आफ्नै लालचले बाधेको छ। (४)बाचन सक्छौ हत्या ,हिङ्साको मोचन गर सक्तैनौ नहुने कुरा नगर आन्तरिक कलहमा रोइ रहेछ मेरो देश भनी हाले आँफै तिमी बाचन गर। अस्तु: बिबेक दुलाल छेत्री "दमक" दमक,झापा हाल:यु ए इे,अबुधाबी।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar