आशीर्वादजस्तो सिरानीमा उभिएको माछापुच्छे« हिमालको छायामा उभिएर म तिमीलाई सलामी दिन्छु तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर । अहिले तिमीलाई यो चिठी लेख्न बस्दा मेरो कोठाको मौनता परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा जहाँ बालेको धूपबाट निस्केका धूवाँझै बिस्तारै–बिस्तारै उठेर मेरो अगाडि उभिइरहेछ तिम्रो बुढो र पातालो शरीर एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर । र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको जहाँ एउटा खोला छ —‘लेते खोला’ तिमीजस्तै शान्त र दुब्लो तर जब त्यो सानो खोलामा बाढी आउँछ वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ र बाढी थामिएपछि त्यसलाई छेक्न खोजेका घमण्डिले पहराहरुले आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन् मेरो ‘लेते खोला’ ! म ढुक्क छु तिम्रो बाढीले पनि मिल्क्याउनेछ ती डालरका कात्रो बोकेर तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई । भूगोलको परिधिले मलाई बाँधे तापनि राष्ट्रहरुको बीचमा सीमारेखाहरुले मलाई तिमीसँग बेग्ल्याए तापनि यी सबभन्दा माथि जहाँ चेतना छ यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ त्यहाँ म तिमीसँग छु र युद्धमा परेको छु तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु तिम्रो प्रत्येक पुलको टेटाइमा म टुटेको छुतिम्रो प्रत्येक गोल–गोल मङ्गोल अनुहार भएकी आइमाइको बेइज्जतीमा मैले आफ्नी पत्नी र दिदी–बहिनीहरुलाई बाटोमा निर्वस्त्र देखेको छु तिम्रो प्रत्येक बौद्ध–विहारको विध्वंसमा मैले आफ्नो स्वयम्भूको ज्ञानचचक्षुमा आँसु उर्लिएको देखेको छु तिम्रो हनोइमाथिको बमबर्षाको छिर्का मैले आफ्नो धराहरामाथि परेको अनुभव गरेको छु र बमबर्षाका रातहरु मैले पनि जागरणका ट्रेञ्चहरुमा बिताएको छु को सक्छ निदाउन खरबारीमा बरिपरि मुढाहरु दन्किरहेको बेलामा ! यी सबभन्दा बर्ता यी सबभन्दा माथि मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट बाँच्ने दर्शन सिकेको छु जीवनको अर्थ बुझेको छु र तिम्रो सानो देशको ठुलो आत्माबाट मैले आफ्नो सानो आत्माभित्र एउटा ठूलो ज्योति सल्केको पाएको छु हनोइमाथिको बम शहरमाथि होइन, मान्छेमाथि बम हो, र मैले तथा मजस्तै सारा मानिसहरुले ति बमहरुलाई आफुमाथि पडकेको भन्ठानेका छौं ् मेरो कामरेड ! मेरो हिमाल ! मेरो ‘लेले खोला’ ! विश्वास गर मैले तिम्रो जीतको विश्वास गरेको छु मानिस मर्छन् जसरी डढेलोमा रुखहरु डढछन तर मातवता कहिल्यै मर्दैन त्यो फेरि पलाउछ डढेलोपछि उम्रिने असङख्य च्याउहरुजस्तै । आशीर्वादजस्तो सिरानीमा उभिएको माछापुच्छे«को छायामा उभिएर प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई हातेमालो गरेर म किरिया हाल्ने सामथ्र्यमा छु जीत तिम्रो हुनेछजीत हाम्रो हुनेछ अन्तरिक्षमा मर्ने कुकुरको शोकमा गिर्जाघरमा रुने ढोगी मानवता धरतीमा गरेको हत्याको पछुतोमा आत्महत्या गर्न बाध्य हुनेछ
Please follow and like us: