गजल
तिमीसित बोल्नुको मज्जा अर्कै छ
तिमीलाइ रोज्नुको मज्जा अर्कै छ

सधै बिर्स्यौ भन्छौ तिमीले मलाइ
तिमी सम्झी घोत्लनुको मज्जा अर्कै छ

थाहा छ तिमी कसैलाई पनि गंदिनौ
खतरा त्यो मोल्नुको मज्जा अर्कै छ

घर ठूलो, न त बारी ठूलो, ती सबै
तिम्रो लागी छोड्नुको मज्जा अर्कै छ

मनमा कुरा लुकाई बस्नु भन्दा
तिमीलाई खोज्नुको मज्जा अर्कै छ .

अस्तु :

बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानु भक्त दुलाल
दमक ,झापा
हाल : अबुधाबी ,यू ए ई .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *