बिबेक दुलालका केहि मुक्तक शिल्पिहरू
(१) भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन
भगवान बहिरो छ केहि पनि सुन्दैन
 त्यहि भगवान गतिलो छ भन्छौ  तिमी
त्यहि भगवान भगवानलाई पुज्दैन .

(२)सद्देमान्छेलाई बाङ्गो पार्ने यो सिंहदरबार
जनताको आशुमात्र झार्ने यो सिंहदरबार
के नै गर्यो र असल काम यसले हजूर
निरोगी देशलाई रोग सार्ने यो सिंहदरबार .

(३)जिबन आज हावाको पोको भयो
कैले भरीया त  कैले डोको भयो
कठै मेरा कथा ,कबीता र गजल
छपाउछु भन्ने पनि यौटा धोको भयो .

(४)मेरो माया आफैमा बाधी राख
मेरो अवगुण आफैमा तानी राख
कैले  म तिम्रो मायामा तेथरो पनि भए हुँला
मलाई बहश गर्न बिचारको छडीले हानी राख .

बिबेक दुलाल क्षेत्री दमक
बास्ताबीक नाम :भानु भक्त दुलाल
दमक ,झापा
हाल :अबुधाबी ,यू ए ई .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *