-
अतीत मुखिया
बिरामी सिकिस्त ओछ्यानमा लडिरहेको थियो । बिरामी वरिपरी आफन्तहरुको भिड थियो । उपचारको सम्भाव्यता बाँकि नरहेको डाक्टरी रायका कारण हस्पिटलबाट घरमा ल्याइएको उक्त बिरामीको सास छउन्जेल आश राख्ने आफन्तहरुमा बिरामीको रोग सम्बन्धमा सबको आ-आफ्नै अटकलबाजी थियो । कोही भन्थे बिरामीलाई बोक्सी वा लागुभागुले सताएको हुनु पर्दछ एक पल्ट झाँक्री देखाउनु पर्छ । कसैको अट्कल यो आधुनिक जमानामा …के को झाँक्री उच्च बिषेशज्ञ डाक्टरलाई नै देखाउनु पर्छ । आर्काथरीको अन्दाजमा एलोपेथी औषदीले नछुएकाले अब होमियोपेथी सुरु गर्न बैद्य बोलाउनु पर्छ । अनि कसैको तर्कमा ग्रहदसाका कारण यस्तो हुनसक्ने हुदा ज्वतिषी देखाउन उपयुक्त हुन्छ । किम्कर्तव्यबिमुढ बिरामीका परिवारहरु सबैको सल्लाह अनुसरण गर्दै सबै बिषेशज्ञहरु जम्मा गर्छन ।
डक्टरलाई प्रेस्कृप्सनको मुल्य चाहिएको थियो, बैद्यलाई मह र जरिबुटीको मुल्य, ज्वतिषीलाई साँढेसतीको दसा निवारणका लागि ग्रहगोचर पन्छाउन होम-होमादिका सामान तथा झाँक्रीलाई कालो बोको र रातो भाले । बिरामी ओरिपरी उपचारका सारा सामान जट्छन् । केही एलोपेथिक ट्यबलेट र सिरप, केही होमियोपेथी चुर्ण र झोल तथा केही झाँकृका जन्तर बुटिका लागि आवश्यक सामान । सबै बिशेषज्ञहरु बिरामी बचाउने भरपुर प्रयासमा जुटि रहेका हुन्छन । झारफुक गरेर बुटि बाधिन्छ, कपाडछान गर्दै आयुर्बेदिक औषदी खुवाइन्छ र पंडित पुरोहीतद्वारा सोस्तिशान्ति पनि गराइन्छ । सिकिस्त बिरामी खुदै पनि चानचुने बिद्वान थिएन, उसले रसायन शास्त्रमा र राजनिति शास्त्र दुबैमा बिद्यावारिधि गरेको थियो । झाँकृ, बैद्य र ज्वतिषी अन्धबिस्वासी हुदा अरुको बिस्वस गर्दैनन् थिए तर बिरामी अत्यधुनिक बिद्वान भएकाले खुद आफैलाई बिस्वस गर्दैन थियो । उ राजनितीको एडस्भन्दा पनि धातक भाइरसबाट पीडित थियो र उपचारकै क्रममा उसको मृत्यु भयो । उपचार खर्चमा उसको सबै चल अचल सम्पत्ति अरुकै अधिनमा आश्रय लिन पुग्दा परिवारका सदस्य सबै टुहुरा र सुकुम्वासी बन्न पुगे ।
Please follow and like us: