-राजन बानिया
समाजका कुरिती तराजुमा जोखौ कति छ मौलाएको भ्रस्टचार् र कुसंस्कार रोकौ कती छ
आलटाल् गर्छौ केलाई म छु साथमा तिम्रो सामाजका जोखिमहरू बोकौ कतिकती छ
म गर्छु तिमी गर दुनियाँलाई पर छोड संका तिमी गर्छौ भने संकालु ति नजर मोडौ कति छ
घटी बढी होइन फेरि गरौ बराबर मेहनतका लागि प्यासी यो मन धोकौ कति छ
उत्साहित ति मनहरू मिलाउ साथ साथ सक्दो तिम्रो अनी मेरो मेहेनत पोखौ कती छ
जे जती सक्छौ गरौ आफ्नै ठाउँ बाट बाधा उल्झनका कालो बादल तोडौ कती छ
Please follow and like us: