सोझासिधा निमुखाको आश टुट्नु हुन्न थिचिएर निसासिंदै सास टुट्नु हुन्न संसारमा प्यारो हुन्छ आफ्नो घर वार अनाथ र अशक्तको बास टुट्नु हुन्न सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न अधर्म र असत्यको बाटो हिड्ने लाई ठूलो पाप लाग्छ भन्ने त्रास टुट्नु हुन्न कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल:-न्युयोर्क,अमेरिकाinfo@
Please follow and like us: