पीडासंग मितेरी बोल्दा
म आफ्नै हुन्छु
चोटसंग साइनो केलाउँदा
म उसको हुन्छु
ब्यथा उम्लेर घोप्टिदा
मुस्कानले छोप्नु दौडन्छ
म उसको झन कसरी होइन
म मेरो आफ्नो हू कि हुइन
म मेरो बशमा छु कि छुइन
बिहानको सुनौलो घामलाई
जीवनको रङ्गमा घोलौ भन्छु
साँझको इन्द्रेणी पनि
त्यहिँ रङ्गमा थपौ भन्छु
कहाँबाट बर्सन्छ
खै के के को भेलहरु
कोलाज रङ्गहरुमा
म पानी कै रङ्ग खोजि रहेछु
कुलो नदि सागरमा मिसिनु सोधी रहेछु
यो कथा हो
समयले छल गरेको
आफ्नैले मुटुमा
पाइतालाले टेकेको
उधो बगाएर उभो खोज्दा
सधै सतहमा भेटिएको
जून तारा खस्दा पनि
कहिले जुनकिरी हुन नसकेको
सृष्टिको खेललाई खै कसले बुझ्नु सकेको ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *