bepatta-खेमराज गाउँले ÷ रोल्पा, १६ वैशाख ।
उपन्यासकार बलबहादुर घर्तीमगरको दोस्रो उपन्यास ‘बेपत्ता’को लोकार्पण आज सोमबार लिबाङमा भयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा उक्त लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
उपन्यासको विमोचन राङ्सी–२, रोल्पा निवासी तिलकुमारी विकबाट गरिएको थियो । विक वेपत्ता परिवारका सदस्यले भएकोले उनीबाटै लोकार्पण गरिएको आयोजकले जनाएको छ । कार्यक्रम प्रमुख अतिथि एवं राप्ती साहित्य परिषद्का सल्लाहकार खेमराज शर्माले उपन्यासको समीक्षा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय पार्षद गौरीकिरण डाँगी, नेपाली लेखक संघ रोल्पाका अध्यक्ष दामु मर्सिफुल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगर, उपन्यासकार बलबहादुर घर्तीमगर, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष भोलानाथ आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकामगरले लगायतले मन्तव्य तथा उपन्यासमाथि चर्चा गरेका थिए ।
राप्ती साहित्य परिषद् रोल्पाका कोषाध्यक्ष मोहन परियारको स्वागत मन्तव्य तथा अध्यक्ष डी. बी. टुहरोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खेमराज गाउँलेले गरेका थिए ।

स्रष्टा चौतारीको नवौं शृङ्खला तथा हवाई पत्रिकाको विमोचन कार्यक्रम हिजो १५ गते लिबाङमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखाको रोल्पामा हरेक महिनाको १५ गते आयोजना हुने कार्यक्रमको संयोजन नेपाली लेखक संघले गरेको थियो । सोही कार्यक्रममा ‘स्रष्टा चौतारी’ हवाई पत्रिका विमोचन साहित्यकार खेमराज शर्माले गरे । हवाई पत्रिकाको पहिलो अंकको प्रकाशन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको हो ।
यसैबीच कार्यक्रममा दीपक डी.सी., धनराज विक, लोकेन्द्र सेन, भीमा डी.सी., नवीन लोचनमगर, हरिसरा घर्तीमगर, कमला रोकामगर, नन्दकिशोर घर्तीमगर, मनप्रसाद पुनमगर, प्रियतम रोकामगरले गजल बाचन गरेका थिए । भने डी.बी. टुहुरो, तेजेन्द्र घर्तीमगर, सिर्जना सेन, ओम पन्छीले मुक्तक बाचन गरे । यस्तै खेमराज शर्मा, गौरीकिरण डाँगी, धनीराम शर्मा, सुन्दर पुरुष अनुराग, खबपु चञ्चल मगर, चमेली सौदामीनी मगरले कविता वाचन गरेका थिए । त्यस्तै कविता उपाधाय, अर्चितबाबु मर्सिफुलले गीत गाएका थिए । लिबाङ काभ्रेखर्कस्थित जलजला क्याम्पसको प्राङ्गनमा सम्पन्न कार्यक्रमको सञ्चालन दामु मर्सिफुलले गरेका थिए ।
आउँदो दशौं शृङ्खला सूदुर पश्चिमाञ्चाल गजल मञ्चको संयोजनमा गर्ने निर्णय भएको छ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *