सत्यमा अझै केही गर्न सकुँ भन्ने मन छ
देशका लागि केही गरी मर्न सकु भन्ने मन छ

यात्रा गर्दै जाँदा खेरी अप्ठ्यारो त स्वाभाविक हो
त्यस्ता धेरै जंघारहरु तर्न सकुँ भन्ने मन छ

मेहनतले फलेको फल खाँदा खेरी मिठो हुन्छ
स्वादिलो फल लाग्ने बीज छर्न सकँु भन्ने मन छ

आफ्नो आफ्नै अस्तिस्व हुन्छ पलास हो या गुलाब
सबको दिलको फूलबारीमा सर्न सकँु भन्ने मन छ

साहित्यमा रङ भर्ने एउटा सानो कुची बनी
इतिहासमा सुनौला रङ भर्न सकँु भन्ने मन छ

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *