धेरै पछि आज मैले तिम्रो चिठी पढें
पढ्दा पढदै त्यै चिठीले, मुख छोपि रोएं
सम्बोधन् प्यारो लाग्छ, हरेक् शब्द प्यारो
उपहर् अनि फूल प्यारो, शायरी झन प्यारो
धेरै पछि आज फेरि, तिम्रो तस्बिर् हेरें
हेर्दा हेर्दै तस्बिर् नै, छाति टांसि रोएं
अतीतका ती पानालाई, च्यात्न सकिएन
मायाका ती उपहारलाई, फ्यांक्न सकिएन
धेरै पछि मायाको, पोको मैले खोलें
खोल्दा खोल्दै अनायशै, डांको छोडि रोएं
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar