हो,आस्थाको चूलीबाट ढल्दैछौ अलिअलि

विद्रोहको ज्वालाभित्र जल्दैछौ अलिअलि ।

देशको वीर खै कसरी ठान्छौ आपूmलाई ?
जनताका नजरमा गल्दैछौ अलिअलि ।

नेपालीका स्वाभिमान चितामा सेलाउन
वैरीस‘ंग दुई हात मल्दैछौ अलिअलि ।

पराइका इसारामा फलाक्दै गणतन्त्र
करोडौंका ऑंखाहरू छल्दैछौ अलिअलि ।

अमूल्य त्यो राष्ट्रियता भुलेर हिजोआज
सकुनीका चालहरू चल्दैछौ अलिअलि ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *